सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग « Khabarhub

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् ।  

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन् । साथै उनीहरूले सुनचाँदीलाई विलासिताका रूपमा नभई संस्कार, संस्कृतिका रूपमा बुझ्न सरकारलाई आग्रह गरेका छन् ।

 बैठकमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण नेपाली व्यवसाय धराशायी हुने बताए । उनले सुन संस्कार, संस्कृतिकामा रहेकाले विलासिताको रूपमा परिभाषित गरिनु उचित नहुने जिकिर गरे ।  

त्यस्तै नेपाल सुन चाँदी व्यवसायी तथा कालिगढी सङ्घर्ष समितिका विपेन्द्र रामुदामुले सुनचाँदी व्यवसायलाई मर्यादित तुल्याउन सहजरूपमा कच्चापदार्थ उपलब्ध हुनुपर्ने र सुनको कोटा प्रणाली खारेज हुनुपर्ने बताए । उनले कला संस्कृतिको विषयमा विलासिता कर लगाउनु उचित नभएको उल्लेख गरे।  

आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले निवेदन दिएपछि समितिले यस विषयमा छलफल गरेको हो । 

छलफलमा समिति सदस्यहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण यसले व्यवसायी र उपभोक्तामाथि परेको असरमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ०१ बजे

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा