कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ? « Khabarhub

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

५५ रुपैयाँमा आयात गरेर साढे १८ हजारमा निर्यात !


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको देश हो । यद्यपि; कतिपय कच्चापदार्थ र आंशिक प्रशोधन गरेर नेपालबाट पनि वस्तु निर्यात हुने गरेको छ ।

तर, भन्सार विभागको तथ्याङ्कले गत आर्थिक वर्षमा नेपालबाट भएको कतिपय वैदेशिक व्यापार भने अति शङ्कास्पद र अचम्भित पार्ने खालको देखिएको छ । नेपाललाई ट्रान्जिट बनाएर गरिएको रेजर ब्लेड (दाह्रीकपाल लगायत रौँ खुर्कने पत्ती) को व्यापार अनौठो देखिएको हो ।

गत आर्थिक वर्षमा नेपालमा दुई अर्ब २५ करोड चार लाख ८९ हजार रुपैयाँ बराबरको चार करोड दुई लाख ५६ हजार ८९२ पिस सेफ्टी रेजर ब्लेड र यसलाई च्याप्ने स्ट्रिप्स आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । जसको मूल्यप्रति गोटा ५५ रुपैयाँ ९० पैसा परेको देखिन्छ ।

सो रेजर आयात गर्दा सरकारले गत आर्थिक वर्षमा ६८ करोड ४९ लाख रुपैयाँ भन्सार राजस्व आम्दानी गर्‍यो ।

सोही रेजर ब्लेड नेपालबाट फेरि युनाइटेड अरब इमिरेट्स (युएई) र सिङ्गापुरमा अस्वाभाविक मूल्य कायम गरी निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा दुई अर्ब २२ करोड पाँच लाख ६५ हजार रुपैयाँ बराबरको चार लाख ३६ हजार ३५५ थान रेजर ब्लेड संयुक्त राज्य अरबमा नेपालको भन्सार नाका हुँदै निर्यात भएको थियो । जसको निर्यात मूल्य प्रतिगोटा पाँच हजार ८८ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । जुन मूल्य आयातको तुलनामा प्रतिगोटा पाँच हजार ३२ रुपैयाँ ९८ पैसाले बढी हो ।

त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट सिङ्गापुरमा ९३ लाख ४४ हजार रुपैयाँ बराबरको ५०० थान रेजर ब्लेड निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । जसको मूल्य प्रतिगोटा १८ हजार ६८८ रुपैयाँ पर्न गएको देखिन्छ । जुन मूल्य नेपालमा आयात भएको रेजर ब्लेडको तुलनामा प्रतिगोटा १८ हजार ६३२ रुपैयाँले बढी हो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ०६ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका