एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन « Khabarhub

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन भएको छ । मंगलबार बिहान ६ः३० बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी चार महिनादेखि फोक्सो क्यान्सरबाट पीडित थिइन् ।

४० वर्षकी सीता एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी थिइन् । चितवनको मेघौलीमा जन्मिएकी उनले एक खुट्टाले नाचेरै आफ्नो पहिचान बनाएकी थिइन् । पहिले पनि १२ वर्षको कलिलै उमेरमा क्यान्सर भएपछि उनको एक खुट्टा काट्नु परेको थियो । दोस्रो पटक उनलाई फोक्सोमा क्यान्सर देखिएको थियो ।

बच्चैदेखि नृत्यमा रुचि राख्ने उनले एक खुट्टा काट्न परेपनि आफ्नो सपनालाई त्यागिनन् । चुनौतीहरूलाई अवसरमा बदल्दै उनले नृत्याङ्गना हुँदै, मोडल, गायिका र मिस इन्टरनेशनलसम्मको यात्रा तय गरिन् । 

सुवेदी क्लासिक नेपाल फाउण्डेसनकी संस्थापक, मिस इन्टरनेशनल २०२३, मोटिभेन्सनल स्पिकर, गायिका, इन्टरमिडियट–लेभल कत्थक नृत्यमा स्वर्णपदक विजेता समेत हुन् । उनको आजै दाहसंस्कार गरिने भएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १२ : ३५ बजे

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व

सातै प्रदेशले ल्याए बजेट : स्वास्थमा कसले कति विनियोजन गरे ?

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात वटै प्रदेश

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका