एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन « Khabarhub

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन भएको छ । मंगलबार बिहान ६ः३० बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी चार महिनादेखि फोक्सो क्यान्सरबाट पीडित थिइन् ।

४० वर्षकी सीता एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी थिइन् । चितवनको मेघौलीमा जन्मिएकी उनले एक खुट्टाले नाचेरै आफ्नो पहिचान बनाएकी थिइन् । पहिले पनि १२ वर्षको कलिलै उमेरमा क्यान्सर भएपछि उनको एक खुट्टा काट्नु परेको थियो । दोस्रो पटक उनलाई फोक्सोमा क्यान्सर देखिएको थियो ।

बच्चैदेखि नृत्यमा रुचि राख्ने उनले एक खुट्टा काट्न परेपनि आफ्नो सपनालाई त्यागिनन् । चुनौतीहरूलाई अवसरमा बदल्दै उनले नृत्याङ्गना हुँदै, मोडल, गायिका र मिस इन्टरनेशनलसम्मको यात्रा तय गरिन् । 

सुवेदी क्लासिक नेपाल फाउण्डेसनकी संस्थापक, मिस इन्टरनेशनल २०२३, मोटिभेन्सनल स्पिकर, गायिका, इन्टरमिडियट–लेभल कत्थक नृत्यमा स्वर्णपदक विजेता समेत हुन् । उनको आजै दाहसंस्कार गरिने भएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १२ : ३५ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै