सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द « Khabarhub

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मंगलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ ।

यी उपायहरूले लाखौँ मानिस प्रभावित हुनेछन् भने चीनको प्रमुख उत्पादन क्षेत्रका हजारौँ कारखानामा क्रियाकलाप रोकिँदै गएको छ । गुआङ्गडोङ प्रान्तको आपत्कालीन व्यवस्थापन ब्युरोले रागासाले २४ घण्टाभित्र प्रान्तको मध्य र पश्चिमी तटीय क्षेत्रमा अवतरण गर्ने जनाएको छ ।

‘प्रमुख क्षेत्रहरूले निर्णायक उपाय अपनाउनुपर्छ, मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ र क्षति कम गर्न सक्दो प्रयास गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

रागासा नजिकिँदै गर्दा गुआङ्गडोङले आँधीका लागि उच्चतम आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । हङकङ मौसम सेवाअनुसार यसले दुई सय ३० किलोमिटर प्रतिघण्टासम्मको हावा बोकेको छ ।

सेन्जेनले चार लाख मानिसलाई खाली गर्न आदेश दिएको छ । अधिकारीहरूले ‘तीव्र हावा, वर्षा, छाल र बाढी’ को चेतावनी दिँदै आकस्मिक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । बजार र काम दिउँसोदेखि बन्द हुने जनाइएको छ ।

झुहाई, डोङ्गगुआन र फोसानलगायत अन्य प्रमुख सहरमा पनि निलम्बन आदेश जारी गरिएको छ । फोसानको आपतकालीन मुख्यालयले ‘तीव्र हावा र भारी वर्षाले सहरलाई गम्भीर असर पार्नेछ’ भन्दै चेतावनी दिएको छ । रागासा हाल दक्षिण चीन सागर हुँदै अघि बढिरहेको छ । यसअघि फिलिपिन्समा यसले प्रभाव पारेको थियो । त्यहाँ एक व्यक्तिको मृत्यु भएको थियो ।

चिनियाँ राज्य प्रसारक सिसिटिभीले जलमार्गको उत्तरी भाग, ताइवान स्ट्रेटको दक्षिणी भाग, बाशी च्यानल र गुआङ्गडोङ नजिकै सञ्चालन हुने जहाजहरूलाई सुरक्षा सचेतना अपनाउन आग्रह गरेको छ ।

वैज्ञानिकहरू मानवसिर्जित जलवायु परिवर्तनले आँधीबेहरीलाई अझ शक्तिशाली र बारम्बार बनाउँदै गएकोमा एकमत छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १२ : ४७ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता