भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने   « Khabarhub

भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने  


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भए पनि अझै पनि केही समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भूउपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कित्ताकाट रोकिएका कारणले विकाससम्बन्धी विषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको उनले बताए । 

त्यस्तै मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्ने धारणा राखे । उनले भूमि बैंकको स्थापनाका गर्नका लागि प्रारम्भिक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए । 

मन्त्री सिन्हाले जेन-जी आन्दोलनका क्रममा भएको आगजनीको घटनामा पनि आफ्नो कर्तव्य पुरा गरेको भन्दै कर्मचारीको प्रशंसा गरे । 

यसअघि मन्त्री सिन्हाले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । सिन्हालाई भूमि व्यवस्था, उद्योगका साथै कानून मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १ : १४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको