आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य संघको कार्यालयबाट « Khabarhub

आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य संघको कार्यालयबाट


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आफ्नो सेवा आजदेखि सुरु गरेको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यालयबाट सेवा सुरु गरेको हो । सेवाग्राहीको अवस्थालाई मध्यनजर गरी हाललाई करदाता सेवा र राजस्वसम्बन्धी सेवा सञ्चालन गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए । 

सो कार्यालय अन्तर्गत दाङ, पूर्वी रुकुम, प्यूठान, रोल्पालगायत जिल्लाका गरी  ३५ हजार बढी करदाताहरू छन् । जेन-जी प्रदर्शनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रुपमा क्षतिग्रस्त छन् ।

दुई गाडी, कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनी प्राविधिक टोलीले सुझाव दिएको कार्यालय प्रमुख टण्डनले बताए। तत्कालका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको कार्यालयबाट सेवा सुरु गरिएता पनि केही समयपछि भाडाको घरबाट सेवा दिनुपर्ने अवस्था रहेको प्रमुख कर अधिकृत टण्डन बताउँछन् ।

 जिल्लाका धेरै सरकारी कार्यालयले अझै सेवा सुरु गर्न सकेका छैन् । केही कार्यालयले पाल टाँगेर सेवा सञ्चालन गरेका छन् ।
 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १ : ४८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको