अङ्ग प्रत्यारोपण सर्जन डा. श्रेष्ठ सर्जरी सेवाबाट सेवा निवृत्त  « Khabarhub

अङ्ग प्रत्यारोपण सर्जन डा. श्रेष्ठ सर्जरी सेवाबाट सेवा निवृत्त 


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अङ्ग प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठ मंंगलबारदेखि सर्जरी सेवाबाट सेवा निवृत्त भएका छन् । 

२०७८ साल असोज ७ गते केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका श्रेष्ठले नेपालमा अंग प्रत्यारोपण क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । 

१३ वर्ष पहिले भक्तपुरमा केन्द्र स्थापना भएको केन्द्रलाई शून्य देखि शिखरसम्म पुर्‍याएर झन्डै १६ सय जनामा मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण गर्न सफल भएका केन्द्रले जनाएको छ । 

अंग प्रत्यारोपण क्षेत्रमा लामो अनुभव र उत्कृष्ट सफलता हासिल गरेका डा.श्रेष्ठ नेपालमा कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएका अंगदाताबाट अंग प्रत्यारोपण प्रक्रिया सुरु गर्ने पहिलो शल्य चिकित्सक पनि हुन् । 

उनले नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु भएको अंगदाताबाट एकै व्यक्तिमा कलेजो र मिर्गौला दुवै प्रत्यारोपण गरी महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ४२ बजे

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित