हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार स्व. सुरेश रजकलाई « Khabarhub

हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार स्व. सुरेश रजकलाई


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार एभिन्यूज टेलिभिजनका क्यामरापर्शन सुरेश रजकलाई मरणोपरान्त प्रदान गरिएको छ ।  

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले मंगलबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले स्वर्गीय सुरेश रजकका परिवारलाई हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान हस्तान्तरण गरे ।  

गत २०८० चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा आगजनीमा परेर सुरेशको निधन भएको थियो ।

कार्यक्रममा सञ्चारमन्त्री खरेलले अरूको अधिकारका लागि लड्ने पत्रकार आफै जोखिममा रहेर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले आफ्नो कर्म गर्दा गर्दै ज्यान गुमाउनुपरेका सुरेशलाई न्याय दिने गरी सरकारले काम गर्ने प्रतिबद्धता जनाए । मन्त्री खरेलले सुशासनका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने जिकिर गरे ।

विसं २०६३ असोज ७ गते समाचार संकलनका क्रममा ताप्लेजुङ्गको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ । 

उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई तथा संरक्षणविद् हर्क राईसहित २४ जनाको निधन भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ३८ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता