रणवीर कपुरविरुद्ध एफआईआर दर्ता गर्न सिफारिस « Khabarhub

रणवीर कपुरविरुद्ध एफआईआर दर्ता गर्न सिफारिस


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता रणवीर कपुरविरुद्ध कडा कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले मुम्बई प्रहरी र सूचना तथा प्रसारण मन्त्रालयलाई निर्देशन दिएको छ। 

अभिनेता शाहरुख खानका छोरा आर्यन खानको नेटफ्लिक्स सिरिज द ब्याड्स अफ बलिउडमा देखाइएको उनको छोटो भेपिङ दृश्यका कारण अभिनेता रणवीर माथि कडा कारबाही गर्न निर्देशन दिएको हो ।

विवाद सिरिजको सातौँ एपिसोड ‘पिक्चर का टाइटल  होगा’ बाट सुरु भएको हो। उक्त दृश्यमा कपुरलाई निर्माता करण जोहरको अफिसभित्र देखाइएको छ, जहाँ उनले हल्का कुराकानीका क्रममा भेपोराइजर प्रयोग गरेका छन्। उजुरीकर्ताको दाबीअनुसार, यो दृश्यले इलेक्ट्रोनिक सिगरेट निषेध ऐन २०१९ को उल्लङ्घन गरेको छ । 

यस ऐनले ई–सिगरेटको प्रयोग, बिक्री र प्रचारलाई पूर्ण रूपमा निषेध गरेको छ।

भारतीय मिडियाका अनुसार, आयोगले मुम्बई प्रहरी आयुक्त र सूचना तथा प्रसारण मन्त्रालयलाई पत्र पठाउँदै कारबाही प्रतिवेदन मागेको छ। साथै, आयोगले नेटफ्लिक्स, शोका निर्माता र अभिनेता कपुरविरुद्ध एफआईआर दर्ता गर्न सिफारिस गरेको छ। आयोगले उनीहरूलाई ‘युवालाई भ्रममा पार्ने र प्रतिबन्धित पदार्थलाई ग्ल्यामराइज गर्ने’ आरोप लगाएको छ।

दृश्य छोटो भए पनि अनिवार्य स्वास्थ्य चेतावनी बिना गरिएको भेपिङ प्रदर्शनले युवा पुस्तालाई गलत सन्देश दिन सक्छ। यसले प्रतिबन्धित पदार्थलाई सामान्य र आकर्षक देखाउने खतरा रहेको आयोगको ठहर छ।

यो विवादसँगै डिजिटल सामग्रीमा नियमन, बलिउड कलाकारहरूको प्रभाव, र अन्तर्राष्ट्रिय स्ट्रिमिङ प्लेटफर्महरूको जवाफदेहिताबारे गम्भीर बहस सुरु भएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ३५ बजे

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय