अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली « Khabarhub

अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गरेका छन्। 

मन्त्रिपरिषद्को सोमबारको कार्यविभाजनअनुसार उनलाई सामान्य प्रशासन मन्त्रालयको पनि कार्यभार थप गरिएको छ । 

पदबहाली गर्दै मन्त्री खनालले मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन संरचनासम्बन्धी विषय मन्त्रिपरिषद् बैठकमा लैजाने फाइललाई सैद्धान्तिक सहमति दिने प्रस्ताव सदर गरेको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए। 

पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्दै भ्रष्टाचार न्यूनीकरण ‘जेन-जी’को प्राथमिक माग भएकाले त्यसैअनुरूप काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खनालले कर्मचारीको आत्मसम्मानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचार गर्ने कर्मचारीलाई भने कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे । 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ४४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको