क्यान्सरले तिमीलाई जित्यो, तिमीले संसार जित्यौ « Khabarhub

ब्लग

क्यान्सरले तिमीलाई जित्यो, तिमीले संसार जित्यौ

सौन्दर्यको परिभाषा बदल्ने नारीरत्न



मध्यरातको १ बजे सीताको फोन आयो । मध्यरातमा पहिले कहिले फोन गरेकी थिइनन् । मनमा चिसो पस्यो, कतै केही त भएन ? भन्ने लाग्यो । उनले सुरुमै मध्यरातमा फोन गरेर निद्रा डिस्टर्ब गरेकोमा ‘सरी’ भनिन् । तर एउटा खुसीले आफू निदाउन नसकेको बताइन् । खुसी भनेपछि मेरो मन शान्त भयो । 

त्यो राति उनकी छोरी पहिलोपटक रजस्वला भएकी रहिछन् । छोरी रजस्वला भएपछि उनलाई घरी पीर पर्ने घरी खुसी लाग्ने भएको रहेछ । पीडा र खुसी एकसाथ भइरहेको छ भनेर सुनाइन् । अर्को उनले ‘छोरीको पहिलो रजस्वला’ भनेर राति कविता लेखेकी रहिछन् । खास एक बजे राति कविता सुनाउन उनले मलाई फोन गरेकी थिइन् । 

उनको यति कुरा सुनेपछि मेरो पनि निद्रा हरायो । एकल आमा सीताले छोरीलाई आफ्नी आमाको जिम्मेवारीमा राखेर काठमाडौंमा एक्लै संघर्ष गरिरहेकी थिइन् । पढाई, नृत्य र साथसाथै भविष्य बनाउनुपर्ने जिम्मेवारीले छोरीलाई चितवन आमासँग राखेकी थिइन् ।

हजुरआमाकै काखमा छोडेको भए पनि त्यो रात सीता आफ्नी छोरीलाई अँगालो हालेर मायाले बेर्न चाहन्थिन् । उनका कविताका हरेक शब्दमा मैले त्यही भाव पाएँ । त्यो रात हामी सँगै रोयौँ र सँगै हाँस्यौ पनि । 

उनको र मेरो भेट काठमाडौंमै भएको थियो । एक सामाजिक संस्थामा स्वयंसेवकका रूपमा काम पनि गर्‍यौ । साथी थियौँ, दिदीबहिनी भयौ । एक अर्काको प्रशंसक र आलोचक थियौँ । हामी दुवै एक अर्काको आदर्श पनि थियौँ । जीवनमा तिमीले जति दुख खेप्नु नपरे पनि केही हाम्रा पीडा उस्तै थिए । सँगै हामी रोयौँ तर त्यो भन्दा धेरै सँगै हामीले हाँस्यौ पनि । 

तिमीले १२ वर्षको कलिलो उमेरमा क्यान्सरले एउटा खुट्टा काट्नु पर्‍यो । खुट्टा काट्न जानुभन्दा अगाडी धित मरुञ्जेल नाचेर गएको कथा मेरो लागि मात्रै नभएर हरेकको लागि प्रेरणा थियो । एउटा खुट्टा नभएपछि अब यसले के गर्छे ? कसरी बाँच्छे ? कसरी दैनिकी चलाउँछे ? भनेर तिम्रो आमाबुवा र तिमीलाई हतोत्साहित गर्नेहरूका मुखमा तिमीले बुझो लगाइदिएकी थियौ । 

आफूलाई कुनै कुरामा कमजोर नठान्ने तिम्रो आत्मबलले तिम्रो उचाइ भरेको हो । छोटो उमेरमै स्थापित नृत्याङ्गना, गायिका, मोडल र मोटिभेसनल स्पिकरको रूपमा आफूलाई परिचित गराउन सफल भयौ । देश विदेशका कार्यक्रमहरूमा सहभागी भयौ । नेपालको कला र संस्कृतिको विस्तार गर्‍यौ । 

‘एमएस नेपाल इन्टरनेशनल २०२३’ की विजेता समेत रहेकी तिमीले सौन्दर्यको परिभाषा बदलिदियौ । दुई हातखुट्टा र सर्लक्क परेको शरीर भएको नारी मात्रै सुन्दर हुने होइन । सौन्दर्य हृदयको गहिराइभित्र हुन्छ भन्ने प्रमाणित गरिदियौ । प्रतियोगितामा भाग लिन समेत नदिएका निर्णायकहरुले तिमीलाई विजेताको रूपमा पुरस्कृत गर्न बाध्य भएका थिए ।  

त्यो एउटा ऐतिहासिक फड्कोले भोलिका पिँढीका लागिसमेत बाटो बनाएको थियो । कुनै ठाउँ छैन जहाँ शारीरिक रूपले अशक्त मान्छे कमजोर हुँदैन भनेर तिमीले प्रमाणित नगरेको होस् । 

तिमीले आफ्नो लागि मात्रै गरिनौ, परिवार, समाज र राष्ट्रको लागि एक नागरिकको हैसियतले गर्ने भन्दा धेरै गर्‍यौ । एक सवलाङ्ग व्यक्तिले गर्ने भन्दा धेरै गर्‍यौ । पढाइमा अब्बल साहित्य र समाजशास्त्रमा स्नातकोत्तर सकेकी अब एमफील गर्छु भन्ने तिम्रो सपनाले मलाई झकझकाइरहेको छ । 

बिरामी हुनुभन्दा अगाडी मुम्बई गएर एडभान्स शास्त्रीय नृत्य सिकेर आइसकेपछिको ‘एकेडमी’ स्थापना गरेर नृत्य सिकाउने तिम्रो सपनाले झकझकाइरहेको छ । मानिसको जीवन अनिश्चित रहेछ । खाँदाखाँदैको भाग छोडेर जानुपर्ने रहेछ । सुतिरहेको शरीर कहिले नउठ्ने गरी ढल्दो रहेछ । 

तिमी जीवनदेखि हारेको हरकोही व्यक्तिको प्रेरणा थियौ । तिमी जीवन र संघर्षको विश्वविद्यालय थियौ । तिमीभित्र सकारात्मक ऊर्जा थियो । तर तिमी नहुँदा पनि तिम्रा सत्मार्ग हामी पछ्याइरहेनेछौ । तिमी मेरो मन मुटुमा अविस्मरणीय रहनेछौ । तिम्रो बारेमा धेरै लेख्ने मन हुँदाहुँदै पनि हात काँपिरहेका छन् । 

तिमीलाई अलविदा लेखिरहँदा शरीर स्थिर छैन । तिमी जति बाँच्यौ, सानदार बाँच्यौ । सबैलाई हौसला बाँढेर बाँच्यौ । प्यारी साथी अलबिदा…।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : ३४ बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी