आजका समाचार : सार्वजनिक हुनेबित्तिकै बालेनप्रति केपी ओलीको कटाक्ष, रास्वपामा रविको राजीनामा माग र हमासलाई हतियार समर्पण गर्न राष्ट्रपति अब्बासको चेतावनी | Khabarhub Khabarhub

आजका समाचार : सार्वजनिक हुनेबित्तिकै बालेनप्रति केपी ओलीको कटाक्ष, रास्वपामा रविको राजीनामा माग र हमासलाई हतियार समर्पण गर्न राष्ट्रपति अब्बासको चेतावनी


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

भारत र चीनका राजदूतहरूसँग अर्थमन्त्री खनालको भेटघाट

अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत चेङ्ग सोङ्गले मंगलबार भेटघाट गरेका छन् । जेन-जी आन्दोलनपश्चात दुई देशका राजदूतहरूले अर्थमन्त्री खनालसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुऱ्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याएका थिए ।

उक्त भेटको अवसरमा भारतीय राजदूतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुक बीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गरेका थिए ।

हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार स्व. सुरेश रजकलाई

शिक्षामन्त्रीलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’ : विज्ञान, प्रविधिमा जोड

अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली

जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण (तस्बिरहरू)

मन्त्री घिसिङसँग बेलायती राजदूतको भेट

तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो

भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने  

बढ्दैछ कांग्रेसमा नेतृत्व फेर्ने दबाब, विशेष महाधिवेशन बोलाउने पक्षमा उठ्यो सामूहिक आवाज

जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससभित्र नेतृत्व परिवर्तनको मागले जोर पक्रिँदै गएको छ।

८० वर्ष पुगेका सभापति शेरबहादुर देउवालाई बिदा गरेर नयाँ नेतृत्व छनौटका लागि कांग्रेसका ठूलो सङ्ख्याका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन माग गरेका छन्।

महाधिवेशन प्रतिनिधिहरूले साझा विज्ञप्ति जारी गरेर भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनको पनि निन्दा गरेका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा आन्दोलनकै आवरणमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति कार्यालय शितलनिवासलगायतका संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटको भर्त्सना गरिएको छ। 

त्यस्ता कार्य आन्दोलनलाई बदनाम गराउने तत्वहरूले गरेको ठहर पनि उनीहरूले गरेका छन् ।

बालेनलक्षित केपी ओलीको टिप्पणी : पहिल्यै घोषणा गरेका थिए, घुसपैठ गरेर सिंहदरबार जलाए

सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयको परीक्षाफल तीन महिनामै

देश बनाउने कर्मठ युवाहरू जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ : ओली

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु

रास्वपाले भन्यो : भदौ २३ को जेन-जी आन्दोलनमा गयौँ, २४ गतेको तोडफोड र आगजनीमा सहभागी भएनौँ

राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ । मंगलबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेन(जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका घटनामा रास्वपाका नेताहरूलाई मुछिएको भन्दै छानबिनका लागि सरकारलाई सहयोग गर्ने बताए ।

प्रवक्ता झाले भाद्र २३ गते भएको जेनजी आन्दोलनमा रास्वपा नेता कार्यकर्ताहरूको सहभागिता तुलनात्मक रुपमा सबैभन्दा बढी रहेको स्वीकारे । भदौ २४ गते भएको तोडफोड तथा आगजनीका घटनामा रास्वपा नेता कार्यकर्ताहरूको कुनै सहभागिता नरहेको उनले बताए ।

उनले आन्दोलनका क्रममा नख्खु कारागारमा समेत आगजनी हुने सम्भावना देखेपछि आफू त्यहाँ पुगेको बताए ।

रास्वपामा माग : मुद्दाको टुंगो नहुन्जेल रविले सभापति पद छोड्नु पर्छ

एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागार फर्किए

प्रसाईंको निष्कर्ष : देशलाई एनजीओ र आईएनजीओले कब्जा गरे

जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ

जेन-जीका नाममा कांग्रेस नेताको घरमा आगो लगाउँदा जलेकी महिलाको मृत्यु

मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, यातायात अनिश्चितकाललाई बन्द

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मंगलबार विशाल पहिरो खसेको छ। सडक विभागका झन्डै आधा दर्जन डोजरले यसअघि झरेको पहिरोको थुप्रो पन्छाइरहेका बेला पहाडै खसेर सडकमा थुप्रिएको हो ।

यसअघिभन्दा विशाल पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अनिश्चितकाललाई बन्द भएको स्थलगत रिपोर्टिङमा रहेका पत्रकार विनोद श्रेष्ठले बताएका छन् ।

एक सातादेखि उक्त स्थानमा लगातार पहिरो झरिरहेको थियो । तर सडक विभागले निरन्तर पन्छाएर घरी एकतर्फी, घरी दुईतर्फी यातायात खुलाएको थियो ।

तर मंगलबार अपरान्ह उक्त स्थानमा पहाड नै पल्टिएर सडकमा थुप्रिएको छ। डोजर लगाएर यसअघि खसेको ढुंगामाटोको थुप्रो पन्छाइरहेका बेला खसेको पहिरो एकदमै ठूलो रहेको उनले बताए । उक्त पहिरो तत्काल पन्छाउन असम्भव भएपछि अनिश्चितकाललाई यातायात बन्द भएको हो ।

बुद्ध एयरले काठमाडौं–कोलकाता सीधा उडान गर्ने

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

काठमाडौं महानगरले बाँड्यो दुर्गम गाउँपालिकालाई एम्बुलेन्स (तस्बिरहरू)

काँकरभिट्टा नाका : आयात बढ्दा र निर्यात घट्यो

आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य संघको कार्यालयबाट

श्रीलंकाका अध्यागमन प्रमुखलाई दुई वर्षको जेल सजाय

श्रीलंकाका अध्यागमन प्रमुख हर्षा इलुक्पिटियालाई मंगलबार दुई वर्षको जेल सजाय सुनाइएको छ । यो कदम सरकारको भ्रष्टाचार विरोधी अभियानअन्तर्गत जेल परेका पछिल्लो उच्च अधिकारीसँग सम्बन्धित छ । राष्ट्रपति अनुरा कुमार दिसानायकले पूर्वराष्ट्रपति महिन्दा र गोटाबया राजापाक्षको प्रशासनका सदस्यहरूमाथि भ्रष्टाचार मुद्दाहरू पुनर्जीवित गरेका छन् । तर धेरै शीर्ष अधिकारीहरूलाई यस अभियानबाट सफाइ पनि दिइएको थियो ।

इलुक्पिटियामाथि उनले विदेशी कन्सोर्टियमलाई भिसा सेवा आउटसोर्स गर्ने अदालतको आदेश बेवास्ता गरेको आरोप छ । सर्वोच्च अदालतको तीन न्यायाधीशको बेन्चले उनलाई अवज्ञाका लागि दोषी ठहराउँदै दुई वर्ष जेल सजाय सुनाएको हो । उनी पहिले नै एक वर्ष हिरासतमा बसिसकेका छन् ।

मामिला अघिल्लो सरकारले गरेको भिसा ह्यान्डलिङ सम्झौतासँग सम्बन्धित छ । यस सम्झौताअन्तर्गत प्रति भिसा एक डलर लिने स्थानीय प्रदायकलाई प्रतिस्थापन गरी विदेशी कन्सोर्टियम राखिएको थियो, जसले शुल्क २५ डलरसम्म बढायो ।

हमासले हतियार समर्पण गर्नुपर्छ : राष्ट्रपति अब्बास

संयुक्त राष्ट्र महासभा : नेताहरूको सहभागिता र प्रमुख एजेन्डा

ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द

फ्रान्ससहित थप ६ मुलुकले प्यालेस्टाइनलाई दिए मान्यता, राष्ट्रसंघीय महासचिवले भने- यो अधिकार हो

इक्वेडरमा कैदीको झडप : १४ जनाको मृत्यु



















प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ५७ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही