रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धी बन्न सञ्चारमन्त्री खरेलको निर्देशन « Khabarhub

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धी बन्न सञ्चारमन्त्री खरेलको निर्देशन


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा प्रसारणअन्तर्गत रेडियो नेपालको सिंहदरबारस्थित कार्यालयको निरीक्षण गरेका छन् ।

त्यसअवसरमा उनले परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको रेडियो नेपाललाई बदलिँदो समयअनुसार अरु सञ्चारमाध्यमसँग प्रतिस्पर्धामा ल्याउने गरी कार्ययोजना अघि बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री खरेलले भने, ‘रेडियो  नेपाल नेपाली आमसञ्चार माध्यमको इतिहास हो, जनताको जीवनसँग जोडिएको यो संस्था  हाम्रो ऐतिहासिक धरोहर हो, गर्विलो वर्तमान पनि हो । त्यसैले भविष्यमा पनि निजी क्षेत्रका सञ्चारमाध्यमसँग प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रममार्फत जनतालाई जोड्नुपर्छ ।’

उनले सूचना प्रविधिको अधिकतम प्रयोग र सामाजिक सञ्जालसँग पनि जोडेर रेडियो नेपाललाई आधुनिक समाज सुहाउँदो बनाउन आग्रह गरे। उनले रेडियोलाई आधुनिक विश्व र नयाँ पुस्तालाई सुहाउने नयाँ नेपालको साँच्चिकै समावेशी आवाज बनाउने कुरामा आफ्नो सहयोग र समर्थन रहने  विश्वास दिलाए ।
 
मन्त्री खरेलले नेपालको प्रसारण पत्रकारितामा पुरानो इतिहास र विरासत बोकेको रेडियो नेपालको समाचार तथा कार्यक्रम सुनेर आमनागरिकले  सूचना लिने  गरेको इतिहास स्मरण गरे। उनले रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज भएकाले त्यसलाई कार्यान्वयन गर्न समाचार तथा कार्यक्रमका विषय थप समावेशी बनाउन पनि आग्रह गरे।

त्यसअवसरमा मन्त्री खरेलले रेडियो नेपालको सङ्गीत स्टुडियो, प्रसारण स्टुडियो, समाचार कक्ष तथा नाट्य स्टुडियो र भदौ २४ गतेको प्रदर्शनबाट  पुगेको क्षतिको समेत अवलोकन गरे।

यसअघि नवनियुक्त मन्त्री खरेललाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टलगायत पदाधिकारीले रेडियो नेपालमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ३२ बजे

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था