रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो « Khabarhub

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै रुसलाई ती कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

गत साता इस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकु विमानले १२ मिनेटसम्म अनधिकृत प्रवेश गरेपछि नाटोले आपतकालीन बैठक बोलाएको थियो ।

त्यसपछि मंगलबार नाटोका ३२ सदस्य राष्ट्रहरूले संयुक्त वक्तव्य जारी गर्दै भने, ‘रुसले यस्ता खतरनाक र उत्तेजनात्मक गतिविधिहरूको पूर्ण जिम्मेवारी लिनुपर्छ । यस्ता कार्यहरूले दुर्घटना, गलत निर्णय र ज्यानको जोखिम बढाउँछन् । यी कार्यहरू तुरुन्त बन्द गरिनुपर्छ ।’

‘हामी सबै प्रकारका खतराबाट जोगिन अन्तर्राष्ट्रिय कानुनअनुसार आवश्यक सबै सैन्य वा गैर–सैन्य उपाय अपनाउन तयार छौँ ।’

रुसी हवाई उल्लङ्घनलगत्तै नाटोले लडाकु विमान परिचालन गरेको थियो । यसअघि पोल्याण्डको आकाशमा रूसी ड्रोन देखिएपछि पनि नाटोले ती ड्रोन खसालेको थियो ।

यस्ता घटनाहरू दोहोरिन थालेपछि नाटोले पोल्याण्ड, रोमानिया, लाट्भिया, लिथुआनिया र फिनल्याण्डजस्ता पूर्वी सीमामा पर्ने राष्ट्रहरूको सुरक्षालाई थप मजबुत बनाउने निर्णय गरेको छ ।

नाटोले भनेको छ,’रुसका यस्ता गैरजिम्मेवार गतिविधिहरूले युक्रेनप्रतिको हाम्रो समर्थन कमजोर हुने छैन ।’

इस्टोनियाले नाटोको संस्थापक सन्धिको धारा ४ अन्तर्गत आपतकालीन परामर्शको माग गरेको थियो ।

यस धारा अनुसार, कुनै सदस्य राष्ट्रलाई आफ्नो भू-सम्प्रभुता वा सुरक्षामा खतरा महसुस भएमा तत्काल बैठक बोलाउन सकिन्छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि यो तेस्रोपटक धारा ४ प्रयोग गरिएको हो । नाटोको धारा ५ अनुसार, यदि कुनै सदस्यमाथि आक्रमण हुन्छ भने बाँकी सबै राष्ट्रले मिलेर उसको रक्षा गर्छन् ।

यो धारा अहिलेसम्म मात्र एकपटक सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि प्रयोग गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ४६ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी