हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण « Khabarhub

हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रशासनिक नयाँ भवन निर्माण सुरु गरेको छ । यसका लागि सहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए ।

वडा नम्बर ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको थियो । निर्माण कम्पनीले प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरेको हो ।

स्थानीयले निःशुल्क उपलब्ध गराएको नगरपालिकाको आफ्नै जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले शनिबार औपचारिक रूपमा शिलान्यास गरेकी हुन् । नगरप्रमुख राईले नगरपालिकाको प्रशासनिक भवन निर्माण योजनालाई नगरको दीर्घकालीन विकासतर्फको महत्त्वपूर्ण कदम मानिएको बताइन् ।

नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी निःशुल्क जग्गा दिएका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा यो (हलेसी तुवाचुङ नगरपालिका)सँगै सबै स्थानीय तहको आआफ्नै सुविधासम्पन्न प्रशासनिक भवन हुने भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहले यसअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । (रासस)

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ३७ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका