महेश बस्नेतमाथि आक्रमण प्रयासमा संलग्‍नलाई सरकारले कारबाही गरोस् : रामकुमारी झाँक्री « Khabarhub

महेश बस्नेतमाथि आक्रमण प्रयासमा संलग्‍नलाई सरकारले कारबाही गरोस् : रामकुमारी झाँक्री


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आइतबार बिहान रातो मसी फ्याँक्ने प्रयास भएको घटनाप्रति नेतृ रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया जनाएकी छन्।

बस्नेत विमानस्थलबाट बाहिरिने क्रममा जेन–जी समूहका नाममा भेला भएका प्रदर्शनकारीहरूले उनी सवार गाडीमा रातो रङ हानेका थिए।

घटनामा संलग्न सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत एमालेको कार्यक्रमका लागि कोशी आएको बताइएको छ।

घटनापछि नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनिन्, ‘महाभारतमा पाण्डवले युद्ध जिते, कौरव हारे, कारण पाण्डवहरूको अद्वितीय एकता हो। विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास भएको खबर सुन्दा दुःख लाग्यो। सरकारले यस्ता पात्रलाई कारबाही गर्नुपर्छ। अपराधी मनोवृत्तिका केही व्यक्तिहरूले बारम्बार यस्तो काम गर्छन्। हामी सचेत बन्नुपर्छ, पार्टी पंक्ति एउटै मिशनमा लागौं।’

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : २५ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।