कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ प्रतिशतसम्म छुट « Khabarhub

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ प्रतिशतसम्म छुट


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुमारी बैंक लिमिटेडका ग्राहकहरूले लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड पाल्पामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवामा छुट प्रदान गर्नेगरी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार अस्पतालले बैंकका ग्राहकहरूलाई ओपीडी (बहिरङ्ग) टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आइसीयू, शल्यक्रिया तथा एक्स–रे/यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा पाँच प्रतिशतसम्म छुट दिनेछ ।

विगत २३ वर्षदेखि बैंकिङ्ग व्यवसाय गर्दै आएको कुमारी बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ वटा शाखा रहित बैंकिङ्ग इकाइ छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ४६ बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु