सडक कालोपत्रेमा गण्डकी प्रदेश सरकार सबैभन्दा अघि | Khabarhub Khabarhub

सडक कालोपत्रेमा गण्डकी प्रदेश सरकार सबैभन्दा अघि


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेश सरकार सडक कालोपत्रेमा सबैभन्दा अघि देखिएको छ ।

प्रदेश सरकारहरूले हालसम्म गरेको सडक कालोपत्रेको लम्बाइमा गण्डकी प्रदेश सरकार सबैभन्दा अघि देखिएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सातवटै प्रदेशको आर्थिक गतिविधि अध्ययनले विभिन्न प्रदेशमा भएका विकासको अवस्थालाई चित्रण गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क र केही प्रदेशको प्रत्यक्ष तथ्याङ्कलाई लिएर हेर्दा सडक कालोपत्रे गर्ने काममा गण्डकी प्रदेश सबैभन्दा अघि देखिएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता प्रदिपकुमार रेग्मीका अनुसार सो प्रदेशले हालसम्म ९०१ किलोमिटर सडक कालोपत्रे गरेको छ । सो लम्बाइको सडक सङ्घीय सरकार र स्थानीय सरकारले कालोपत्रे गरेभन्दा बाहेकको हो ।

त्यस्तै, अन्य प्रदेश सरकारमध्ये बागमती प्रदेश सरकारले दोस्रो धेरै लम्बाइ बराबरको सडक कालोपत्रे गरेको छ । बागमती प्रदेश सरकारले गत आवको अन्त्यसम्म ८७२ किलोमिटर कालोपत्रे र ३८१ किलोमिटर सडक ढलान गरेको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार लुम्बिनी प्रदेश सरकारले ७७७ किलोमिटर कालोपत्रे र ६८ किलोमिटर ढलान सडक निर्माण गरेको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रमेशकुमार श्रेष्ठका अनुसार सो प्रदेशले गत आवको अन्त्यसम्म ५५० किलोमिटर सडक कालोपत्रे गरेको छ । चालु आवको ६ महिनामा पनि थप ९६ किलोमिटर सडक कालोपत्रे गरिएको उनले प्रवक्ता श्रेष्ठले बताएका छन् ।

अन्य प्रदेशहरूको तुलनामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले सडक कालोपत्रेको काम न्यून गरेका छन् ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार कर्णाली प्रदेशले १७३ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले २१२ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

मधेश प्रदेश सरकारले गत आवमा ११५ किलोमिटर सडक कालोपत्रे गरेको छ । सो सरकारले अन्य वर्षहरूमा सडक पूर्वाधारको क्षेत्रमा गरेको कामको तथ्याङ्क अद्यावधिक गर्न भने सकेको छैन ।

गत वर्षको फागुनसम्म देशभर १८ हजार २४१ किलोमिटर सडक कालोपत्रे भएको आर्थिक सङ्घीय अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणले देखाएको थियो । जसमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सडक पूर्वाधारको क्षेत्रमा सबैभन्दा कम काम भएको छ ।

कालोपत्रे सडक निर्माण गर्ने बाहेक पनि प्रदेश सरकारहरूले पुल निर्माण, ग्राभेल सडक निर्माण र अन्य कच्ची सडक निर्माणको क्षेत्रमा पनि काम गर्दै आएका छन् ।

महालेखा नियन्त्रकको कार्यालयले पनि प्रदेश सरकारहरूले सङ्घीय र स्थानीय सरकारहरूको तुलनामा पुँजीगत खर्चको काम बढी गर्ने गरेको देखाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ०३ बजे

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।