एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा « Khabarhub

एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले खल्ती एपमा फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै उपहार पनि जित्न सक्छन् ।

आइतबारबाट सुरु भई चैत्र ९ सम्म संचालनमा रहने यो अफरअन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरूमध्ये कुनै एक प्याकको खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसरी छानिएका प्याकमा सधैँ अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् ।

सधैँ अनका प्याकहरूका प्याक अनुसार ग्राहकहरूले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् । 

यो फ्ल्यास सेल हरेक हप्ता आइतबारका दिन बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो । उदाहरणका लागि, खल्तीबाट सधैँ अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएस बाहेक ग्राहकहरूले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ५२ बजे

मौन अवधिमै दल र उम्मेदवारले गर्छन् निर्णायक प्रयास

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित गरेर आज

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते