जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु | Khabarhub Khabarhub

जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेनसी– जर्मनीमा आइतबार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ। कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई कूल ६३० सिटमध्ये २०८ सीट जितेको छ ।

क्रिश्चयन डेमोक्र्याट्स (सीडीयू)सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको हो ।

जर्मनीको यो पटकको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको छ। सन् १९९० मा पुनः एकीकरण भएयताको यो सबैभन्दा धेरै मतदान हो।

जर्मनीमा मतदानका लागि पाँच करोड ९२ लाख मानिसहरू योग्य थिए। तीमध्ये दशौँ लाखले चुनावको दिन अघि नै हुलाकमार्फत् आफ्नो मत व्यक्त गरिसकेका थिए।

चरम दक्षिणपन्थी दल ‘अल्टर्नटिभ फर जर्मनी’ (एएफडी) दोस्रो ठूलो दल बनेको छ। यो दलले २० प्रतिशत मत पाएको छ । 

‘आज रातभरि हामी उत्सव मनाऔँ, भोलि बिहानैबाट काम गर्नु छ,’ मेट्र्सले खुसी मनाइरहेका आफ्ना समर्थकहरूलाई बर्लिनमा सम्बोधन गर्दै भने। उनले आफ्नो अगाडि देखिएका जिम्मेवारीबारे आफू जानकार रहेको बताए। 

प्रतिस्पर्धी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले समर्थकहरूको बलमा आफ्नो दललाई दोस्रो बनाउन सफल भए पनि उक्त दलले अझै ठूलो जित अपेक्षा गरेको थियो। मत परिणामपछि उक्त दलको मुख्यालय शान्त देखिएको छ।

सोमवार लागेलगत्तै आएको मत परिणामअनुसार एएफडीले अन्य भागभन्दा देशको पूर्वी भागमा अरू दलभन्दा धेरै मत पाएको छ। सार्वजनिक प्रसारक संस्था जेडडीएफको सर्वेक्षणअनुसार यो दलले पूर्वी क्षेत्रमा ३४ प्रतिशतभन्दा बढी मत पाएको देखिएको छ । 

यसैबीच, निर्वाचन परिणामपछि मतदाता तथा शुभचिन्तकहरूलाई सान्त्वना दिँदै एएफडीका चान्सलरका उम्मेदवार बाइडलले भने, ‘मर्जको पार्टीले गठबन्धन सरकार बनाए पनि त्यो सफल हुनेछैन ।’

उनले भने, ‘जर्मनहरूले परिवर्तनका पक्षमा मतदान गरेका छन्। मलाई अर्को चार वर्ष पर्खनुपर्छ जस्तो लाग्दैन। हामी ताजा चुनावमा जान्छौँ ।’

पूर्वी क्षेत्रबाहेकका सबै स्थानमा अन्य दलभन्दा धेरै मत पाएको सीडीयूले आफ्नो दलबाट चान्सलर बनाउन अर्को एउटा पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ। हालका चान्सलर ओलाफ स्कोल्जको दल उक्त गठबन्धनमा सहभागी हुन सक्ने आँकलन गरिएको छ।

स्कोल्जले तीन वटा दलको गठबन्धन गरेर बनाएको सरकार गत वर्ष ढलेको थियो।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ४३ बजे

स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं – काठमाडौंको तार्केश्‍वर नगरपालिका ४ माछापुच्छ्रे चोकबाट स्कुटर चोरीमा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं –प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत – यहाँको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी

पूर्वराजा ज्ञानेन्द्रले ‘हाच्छ्युँ’ गर्दा नेतालाई ‘ज्वरो’ !

काठमाडौं– नेपालमा दुई सय ४० वर्षे राजतन्त्र अन्त्य भएको १७

आजका समाचार :  कुलमानलाई हटाउने तयारी, अरु पनि अमेरिकी सहयोग स्थगित र जर्मनीमा कन्जर्भेटिभ पार्टीले जित्यो

हटाउन लागिएको हो कुलमानलाई ? माओवादीले जनायो संसद्‍मा आपत्तिसरकारले नेपाल