लगनखेलमा हरियाली उद्यान बनाउन टहरा हटाइँदै « Khabarhub

लगनखेलमा हरियाली उद्यान बनाउन टहरा हटाइँदै


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाटन– ललितपुर महानगरपालिका–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको छ । न्हुँ पुखुको पूर्वपट्टि सार्वजनिक जग्गामा बनेका टहरा महानगरपालिकाले हटाउन थालेको हो । 

टहरा भत्काएर हरियाली उद्यान बनाउन लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए।

‘हामीले हरियाली प्रवद्र्धन र पोखरी संरक्षणलाई जोड दिँदै आएका छौँ, सहरभित्र खुला स्थानको अभाव हुँदै गएको छ, ललितपुरको मुख्य केन्द्र लगनखेलमा रहेका सप्तपाताल पुखु, न्हूँ पुखु र पलेस्वाँ पुखुलाई संरक्षण गर्दै वरिपरिको सुन्दर वातावरण कायम राख्न उद्यानबाट  मद्दत पुग्नेछ,’ उनले भने।

नमूना मच्छिन्द्र माध्यमिक विद्यालयसँगै १४ रोपनी दश आनामा रहेको सप्तपाताल पोखरी र राजदल गणसँगैको ३० रोपनीमा पलेस्वाँ पोखरी पुनःनिर्माणको चरणमा छ । टहरा भत्काइएको पश्चिमतर्फ न्हुँ पोखरी छ । यी तीन पोखरी र यहाँ बनाउन लागिएको उद्यानलाई गौरवको ठूलो परियोजनाका रूपमा बजेट विनियोजन गरेर महानगरले काम अगाडि बढाउँदै गएको छ ।

टिकाभैरव राजकुलोको पानी ल्याएर पोखरी पुनर्भरण गर्ने योजनाअनुरूप काम भइरहेको महानगर प्रमुख महर्जनले बताए। 

‘ढोलाहिटीसम्म आइपुगेको राजकुलो पोखरीमा ल्याउन चक्रपथ सडक खन्नुपर्छ । चक्रपथ सडक खन्न सडक विभागले अनुमति दिइसकेको छ’उनले भने।

लगनखेलस्थित नमूना मच्छिन्द्र स्कुलले पोखरीको जग्गा लामो समयदेखि प्रयोग गर्दै आएको थियो । विसं २०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा निर्णय गरेपछि पोखरी निर्माणको काम अघि बढाउन सहज भएको थियो । लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्च अदालतको फैसलासँगै सप्तपाताल पोखरी पुनर्निर्माणको काम सुरु भएको थियो । 

महानगरका इन्जिनियर प्रदीप पौडेलले डेढ वर्षभित्र पोखरीसहितको उद्यान निर्माण सम्पन्न हुने बताए।

‘पोखरी खन्ने र पोखरीको माटो परीक्षण गर्ने काम सकिएको छ, पोखरीसँगै बाल उद्यान, फल्चा बनाउने गरी डिजाइन गरेका छौँ’, उनले भने।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : २२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा