सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब बढी « Khabarhub

सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब बढी


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार ११.६६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि झिनो अंकले बढेको छ । ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको २ करोड ११ लाख १० हजार ६१९ कित्ता कारोबार हुँदा आज नेप्से ३.३५ अंकले बढेको हो।

सोमबार सामान्य सुधार भएको नेप्सेमा बैंकिङ, लगानी, म्यानुफ्याक्चरिङ र अन्य समूह बाहेक सबैको सूचक घट्न पुगेको छ । आज कारोबार गरेका कम्पनीमध्ये ९२ वटाको शेयर मूल्य वृद्धि भएको भयो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । साथै ९ वटा कम्पनीको शेयर मूल्य यथावत् रहेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा गार्डियन माइक्रो लाइफ इन्सुरेन्सका कारोबारीले सबैभन्दा धेरै कमाउन सफल भए भने वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : ३० बजे

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको