अर्थसंक्षेप : ब्रोकर नम्बर १०१ कारबाहीमा, शेयर बजारमा रौनक, २६ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : ब्रोकर नम्बर १०१ कारबाहीमा, शेयर बजारमा रौनक, २६ अंकले बढ्यो नेप्से


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बीमा प्राधिकरणद्वारा बीमाङ्कीय विज्ञता सम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) को सहभागितामा एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आज ललितपुरमा नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञताको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ

नेपालमा बीमाङ्कीय विज्ञता विकासका सम्बन्धमा छलफल गरी सुझावहरू प्राप्त गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोवल एक्च्युरियल इनिसिटिभ, बीमक, एक्च्यिुरियल सोसाइटी अफ नेपाल र बीमाङ्कीय विश्लेषकहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाङ्कीहरूको भूमिका समिका विशेषगरी बीमा क्षेत्रमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको बताए । अध्यक्ष ओझाले बीमाङ्कीहरूको विज्ञता उजागर गर्न, बीमा व्यवसायलाई थप गति दिन र बिमितहरू ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।

म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना कार्यान्वयनमा

सिँचाइ सुविधापछि एकैवर्षमा तीन बाली खेती

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

शेयर बजारमा रौनक, २६ अंकले बढ्यो नेप्से

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुन: रौनक फर्किएको छ । आज नेप्से २६.१० अंकले बढेर रौनक छाएको हो । सोमबार नेप्से १.१६ प्रतिशतले बढेर २६४०.७८ विन्दुमा आएको छ ।

आज बजारमा ५३ अंकको उतारचढाव देखिएको छ । नेप्से बढ्दा कारोबार भने घटेको छ । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

क्रॉम्पटन पार्टनर्स मिट २०८१- टुगेदर फाेरेभर साझेदारी र नवप्रवर्तनको सुदृढीकरण

ब्रोकर नम्बर १०१ कारबाहीमा, ३ दिनसम्म शेयर किनबेच गर्न नपाउने

ब्रोकर नम्बर १०१ अर्थात एप्पल सेक्युरिटिज प्रा.लि तीन दिनका लागि कारबाहीमा परेको छ । तोकिएको समयभित्र राफसाफ तथा फछर्यौट (शेयर बेचेको वा किनेको रकम लिने वा दिने) नगरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ३ दिनका लागि कारबाही गरेको हो।

नेप्सेका सुपरीवेक्षण शाखाका वरिष्ठ अधिकृत सन्तोष आचार्यका अनुसार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आइतबार पठाएको पत्र अनुसार कारबाही गरिएको हो ।

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

करोडाैँ भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा वैशाख ३ गते

राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान) ले वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले वैशाख ३ गते वार्षिक साधारणसभा साधारणसभा प्रधान कार्यालय, रामशाह पथ काठमाडौंमा अपरान्ह ४ बजे हुने भएको छ ।

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको छ : मन्त्री पाण्डे 

सूचना प्रविधि पूर्वाधार निर्माणमा केन्द्रीत बजेट बनाउन मन्त्री गुरुङको जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा सूचना प्रविधि (आइटी) पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

त्रिवर्षीय बजेट सीमा तथा स्रोतमाथि केन्द्रीत रही मन्त्रालयअन्तर्गतका विभाग र निकायसँग बजेट योजना छलफल कार्यक्रममा उनले बृहत्तर उद्देश्य बोकेका योजना ल्याउन विभागीय प्रमुखलाई ध्यानाकर्षण गराए।

सूचना प्रविधिको विकासले राजस्व वृद्धिमा निकै ठुलो टेवा पुर्‍याएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आईटी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदा यसबाट लाभ लिन नसकिने धारणा राखे ।

सेकार्कु तातोपानी कुण्ड व्यवस्थित बनाउन पूर्वाधार निर्माण

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : १८ बजे

नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त

नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह देखिएको छ ।

दोहोरो सुविधा लिएको भन्दै सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं- सातै प्रदेशका मुख्यमन्त्री तथा प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट

काभ्रे जिसस प्रमुख दीपक गौतम पक्राउ परे

काठमाडौं- जिल्ला समान्वय समिति (जिसस) काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतम काठमाडौंबाट

एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा भेटिइन्

बझाङ– बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक