रोनाल्डोको पेनाल्टी मिस : पोर्चुगल सेमिफाइनलमा « Khabarhub

रोनाल्डोको पेनाल्टी मिस : पोर्चुगल सेमिफाइनलमा


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै पेनाल्टी गुमाएको खेलमा डेनमार्कलाई हराउँदै पोर्चुगल युरोपेली नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु भूमिमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगल ३-२ ले विजयी भएपछि एग्रिगेट स्कोर ३-३ भएको थियो। पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो।

बराबरी पछि थपिएको समयमा पहिलो मिनेटमा नै फ्रान्सिस्को ट्रिन्काओले पोर्चुगलका लागि गोल गरे। वैकल्पिक खेलाडी गोन्कालो रामोसले अर्को गोल गरे।

खेलको सुरुवातमा नै पोर्चुगलले पेनाल्टी पाएको थियो। डेनमार्कका गोलरक्षक कास्पर स्केइमेलले रोनाल्डोको पेनाल्टी प्रहार बचाउन सफल भए। ३८ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नर क्लियर गर्ने क्रममा डेनमार्कका रक्षक जोचिम एन्डरसनले आफ्नै पोस्टमा प्रहार गरे।
५६ औँ मिनेटमा रामोस क्रिस्टेन्सनले डेनमार्कका लागि गोल गरे।

खेलको ७२ औँ मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि अर्को गोल गरेका थिए। त्यसको चार मिनेटपछि नै क्रिस्चियन इरिक्सनले गोल गरेपछि डेनमार्क एग्रिगेटमा फेरी अघि बढेको थियो। ट्रिन्काओले ८६ औँ मिनेटमा डेनमार्कका लागि गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए।

पोर्चुगलले सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ। इटालीलाई एग्रिगेटमा ५-४ ले हराउँदै जर्मनी सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : १४ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको