अर्थसंक्षेप : एमसीसी बन्द भए नेपालसँग पाँच विकल्प, २ अंकले बढ्यो नेप्से र अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन | Khabarhub Khabarhub

अर्थसंक्षेप : एमसीसी बन्द भए नेपालसँग पाँच विकल्प, २ अंकले बढ्यो नेप्से र अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

चार दिन निरन्तर घटेपछि बिहीबार २ अंकले बढ्यो नेप्से

चार दिनसम्म निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन भने बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०८ अंकले बढेर २६५८ विन्दुमा पुगेको छ । आज नेप्से ०.०७ प्रतिशतले बढेको हो ।

आज ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ७०३ पटक शेयर किनबेच भएको छ ।

राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव रक्तदान गरेर मनायो 

अमेरिकाले एमसीसी बन्द गरे नेपालसँग पाँच विकल्प

प्रमुख दाता अमेरिका मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सहायता रोक्ने तयारीमा लागेको खबर बाहिरिएसँगै नेपालले कार्यान्वयन चरणमा रहेका परियोजना अघि बढाउन पाँच विकल्पमा गृहकार्य अघि बढाउने भएको छ ।

अमेरिकी रणनीतिक स्वार्थको सहायता एमसीसी अन्तर्गत नेपालले दक्षिण एसियामै सबैभन्दा धेरै सहायता लिएर विद्युत प्रसारण र सडक मर्मत आयोजना अघि बढाउने प्रयास गरिरहेको छ ।

मुख्य दाता अमेरिकाकै कारण एमसीसी सहायता कार्यान्वयनमा पछिल्लो बाधा परेको हो । अमेरिकाको ४७ औँ कार्यकालका लागि राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले गत जनवरी २० मा कार्यकारी आदेशमार्फत डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) स्थापना गरेका थिए ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका वरिष्ठ सल्लाहकार तथा संसारकै धनी व्यापारी एलन मस्क हर्ताकर्ता रहेको डजले सङ्घीय खर्च कटौती गर्न भन्दै एमसीसी पूर्णतयाः बन्द गर्न लागेको खबर बाहिरिएको छ ।

खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु

गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपना र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उनले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए।

उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए। ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गरे।

बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेमात्रै १७ हजारभन्दा बढीले रोजगारी पाउने उनको भनाइ थियो । उनले मुलुकको विकासका लागि इञ्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए।

‘अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको व्यापार वार्ताको कुनै पनि दाबी ‘आधारहीन’ भएको बताएको छ।

विश्वका दुई प्रमुख अर्थतन्त्रहरू चिनियाँ सामानहरूमा ट्रम्पको नयाँ भन्सार शुल्कबाट सुरु भएको बढ्दो प्रतिस्पर्धात्मक व्यापार युद्धमा बन्द छन् । भन्सार शुल्क धेरै उत्पादनमा एक सय ४५ प्रतिशत पुगेको छ । बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको छ ।

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : २३ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई