भक्तपुरमा बुद्धिचाल प्रतियोगिता, ८ देखि ६८ वर्षका व्यक्ति प्रतिस्पर्धामा « Khabarhub

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता, ८ देखि ६८ वर्षका व्यक्ति प्रतिस्पर्धामा


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिकसम्म प्रतिस्पर्धामा उत्रिएका छन् ।

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरु भएको प्रतियोगितामा भारत, इङ्ग्ल्याण्डसमेत र नेपालका २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडीको सहभागी रहेको छ ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितामा शुक्रबार पाँच राउण्ड सम्पन्न भएको र शनिबार चार राउण्ड खेलिने बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धि अर्थात् दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै मन्तर्राष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ४९ बजे

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग