भक्तपुरमा बुद्धिचाल प्रतियोगिता, ८ देखि ६८ वर्षका व्यक्ति प्रतिस्पर्धामा « Khabarhub

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता, ८ देखि ६८ वर्षका व्यक्ति प्रतिस्पर्धामा


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिकसम्म प्रतिस्पर्धामा उत्रिएका छन् ।

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरु भएको प्रतियोगितामा भारत, इङ्ग्ल्याण्डसमेत र नेपालका २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडीको सहभागी रहेको छ ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितामा शुक्रबार पाँच राउण्ड सम्पन्न भएको र शनिबार चार राउण्ड खेलिने बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धि अर्थात् दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै मन्तर्राष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ४९ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान