भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको स्पष्टीकरण– आरोप प्रमाणित भए पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको स्पष्टीकरण– आरोप प्रमाणित भए पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित षडयन्त्रमूलक ढङ्गबाट झुटा प्रचारबाजी भएको स्पष्टीकरण दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको थियो । उजुरीबारे गृहमन्त्रालयले समेत गृहमन्त्रीको कुनै संलग्नता नरहेको विज्ञप्ति निकालेको छ ।

स्पष्टीकरण दिँदै गृहमन्त्री लेखकले आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने गृहमन्त्रीको पदबाट मात्र होइन राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।

शुक्रबार अभियन्ता युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिजिट भिसामा सेटिङ भएको उजुरी दर्ता गराएका थिए । उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी लाखौं रुपैयाँ असुलेको उल्लेख गरिएको छ । उक्त कार्यमा गृहमन्त्री लेखकदेखि लिएर अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

गृहमन्त्री लेखकले सञ्चार माध्यमसँग कुराकानी गर्दै स्पष्टीकरण दिएका छन् । यस्तो छ, उनको स्पष्टीकरण ।

मेराविरुद्धमा नियोजित र षडयन्त्रमूलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहान्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको भिजिट भिसामात्रै होइन । मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटामात्रै पनि आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट मात्र होइन राजनीतिबाट राजीनामा दिन्छु । म यो आग्रह गर्न चाहान्छु ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ५९ बजे

३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घटेको छ

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको

कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह

 महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान

संविधान संशोधनका लागि आवश्यक बहुमत पुर्‍याउने जिम्मा लिन्छु : प्रचण्ड 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

अभिमन्युको नयाँ पोस्टर सार्वजनिक, क्राइम जनरामा निर्माण भएको संकेत

काठमाडौं – भदौ ६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म