भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको स्पष्टीकरण– आरोप प्रमाणित भए पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु « Khabarhub

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको स्पष्टीकरण– आरोप प्रमाणित भए पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित षडयन्त्रमूलक ढङ्गबाट झुटा प्रचारबाजी भएको स्पष्टीकरण दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको थियो । उजुरीबारे गृहमन्त्रालयले समेत गृहमन्त्रीको कुनै संलग्नता नरहेको विज्ञप्ति निकालेको छ ।

स्पष्टीकरण दिँदै गृहमन्त्री लेखकले आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने गृहमन्त्रीको पदबाट मात्र होइन राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।

शुक्रबार अभियन्ता युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिजिट भिसामा सेटिङ भएको उजुरी दर्ता गराएका थिए । उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी लाखौं रुपैयाँ असुलेको उल्लेख गरिएको छ । उक्त कार्यमा गृहमन्त्री लेखकदेखि लिएर अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

गृहमन्त्री लेखकले सञ्चार माध्यमसँग कुराकानी गर्दै स्पष्टीकरण दिएका छन् । यस्तो छ, उनको स्पष्टीकरण ।

मेराविरुद्धमा नियोजित र षडयन्त्रमूलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहान्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको भिजिट भिसामात्रै होइन । मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटामात्रै पनि आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट मात्र होइन राजनीतिबाट राजीनामा दिन्छु । म यो आग्रह गर्न चाहान्छु ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ५९ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख