टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न « Khabarhub

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सम्पन्न गरेका अवशिष प्रसाद ओझा र विजय राम कासजूलाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।  

विश्व वातावरण दिवस २०८२ (जेठ २३) को दिन थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा, भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको पुगेर करिब ६७०० किलोमिटरको यात्रा पछि थापाथलीस्थित टाटा मोटर्स शोरूम बाटै सम्पन्न भएको छ । 

आज टाटा कर्भ ईभीको यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कासजूसँग थापाथलीस्थित पीभिईबीयू शोरूममा अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू, र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो । 

अवशिष ओझाले भने, ‘कर्भ ईभीले लामो दुरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो। भारतभरका चार्जिङ स्टेसनहरू, रोड कन्डिसन र गाडीको परफर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्यौं। कर्भ ईभीले भारतमा एकै चार्जमा ५०० किलोमिटरभन्दा बढी सम्म दियो र नेपालमा ३७५ किलोमिटरभन्दा बढी रेञ्ज दिएको थियो, जुन एकदमै प्रभावशाली रह्यो। टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनु हुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ।’

विजय कासजुले थपे, ‘यात्रा केवल ड्राइभ मात्र होइन, यो विद्युतीय सम्भावनाहरूको परीक्षण थियो-र हामी उत्साहित छौँ कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्‍यो।’

कार्यक्रममा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्त जंग सिजापतिले भने, ‘हामी यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व गर्छौँ। यी प्रेरणादायक अटो उत्साहीहरूलाई धेरै–धेरै बधाई छ। कुनै समय काठमाडौँ बाहिर विद्युतीय गाडी लग्न दुई चोटी सोच्नु पर्थ्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भने सन्देश यो केटूके ड्राइभले पुष्टि गरेको छ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ३६ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप