जापानद्वारा अछामको बयालपाटा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण | Khabarhub Khabarhub

जापानद्वारा अछामको बयालपाटा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान गरेको मेडिकल उपकरणको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

मंगलबार जापान सरकारको ग्रासरुट मानव सुरक्षा परियोजना ( जीजीपी) अन्तर्गत, बयालपाटा अस्पतालमा ट्रमा तथा अस्थि उपचार सेवा प्रवाहका लागि आवश्यक मेडिकल उपकरण स्थापनाको लागि ६६,२६३ अमेरिकी डलर (झण्डै ८९ लाख नेपाली रुपैयाँ) बराबरको अनुदान प्रदान गरिएको हो । 

बयालपाटा अस्पताल न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा अछाम, बझुरा, डोटी (सुदूरपश्चिम प्रदेश) तथा कालीकोट र दैलेख (कर्णाली प्रदेश) जिल्लाका लागि प्रमुख स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्दै आएको छ ।

सो अवसरमा नेपालका लागि जापानी कार्यवाहक राजदूत तमुरा ताकाहिरोले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै, उक्त सहयोगले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै जापान र नेपालको जनस्तरीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

जीजीपी कार्यक्रम जनस्तरमा प्रत्यक्ष लाभ पुग्ने परियोजना कार्यान्वयन गरी देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो । सन् १९९१ देखि हालसम्म नेपालमा २०० भन्दा बढी जीजीपी परियोजनाहरू कार्यान्वयन भइसकेका छन्।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : २२ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का