राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार : उपप्रधानमन्त्री सिंह « Khabarhub

राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार : उपप्रधानमन्त्री सिंह


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाटन– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार भएको बताएका छन् । 

जननायक बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा बिहीबार आयोजित नेपालमा आर्थिक रुपान्तरणको अवसर र चुनौती विषयक विशेष संवादमा उपप्रधानमन्त्री सिंहले आर्थिक रूपान्तरण र समृद्धि हासिल गर्नका लागि प्राप्त अधिकारलाई सुरक्षित गरेर जनतालाई अधिकार सम्पन्न बनाउन लेखाजोखा गरेर कदम चाल्नुपर्नेमा जोड दिएका छन् । 

‘राजनीतिक स्थायित्व भएन भने विकास हुँदैन, अहिलेको प्रणालीअनुसार दुई वा तीन दल नमिली सरकार बनाउन सक्ने अवस्था छैन । कार्यगत एकताका आधारमा सबैलाई समेट्नुपर्छ भन्ने २०४६ सालमा गणेशमान सिंहले लिएको नीतिअनुसार अहिले गठबन्धन सरकार हुनुपरेको हो । पद्धतिअनुसार देशमा दलहरू चलेको खण्डमा राजनीतिक स्थायित्व आउँछ, आर्थिक नीति सबल हुँदै जान्छन्, अर्थतन्त्रमा सुधार आउँछ’, उपप्रधानमन्त्री सिंहले भने ।

उपप्रधानमन्त्री सिंहले प्रजातान्त्रिक समाजवादका प्रवर्तक बिपी कोइरालामा अत्यन्तै प्रभावशाली नेतृत्व रहेको उल्लेख गरे।

 ‘बिपीको विचारधारा कांग्रेसले छोड्यो कि भन्ने आवाज उठिरहेको छ, प्रतिकूल अवस्थामा कसैसँग आफ्नो सिद्धान्तमा सम्झौता नगरेको पार्टी नेपाली कांग्रेसले आधारभूत कुरालाई कसैसँग सम्झौता गर्दैन, लोकतान्त्रिक मूल्यमान्यता र आदर्शमा बिपीले कसैसँग सम्झौता गर्नुभएन’, उनले भने। 

नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले २०४६ सालपछि नेपाली कांग्रेसले अवलम्बन गरेको नरम र उदार आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र राम्रो बनाउनका लागि निजी क्षेत्रको भूमिकालाई प्रोत्साहन गरेको बताए। 

विसं २०४७ को नेपालको अवस्थाबाट अहिले नेपालको अर्थ व्यवस्थामा धेरै परिवर्तन भएको भन्दै यसका लागि नेपाली कांग्रेस जस्तो पुरानो र इतिहास बोकेको गौरवशाली राजनीतिक पार्टीले ठूलो योगदान गरेको प्रष्ट पारे । उनले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउने गरी विकासका लागि हुने पुँजीगत खर्च वृद्धि हुनका लागि अवरोध गर्ने कानुनलाई यथाशीघ्र संशोधन र परिमार्जन गरेर समाधान गरिनुपर्छ भन्नेमा जोड दिए ।

कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँले बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईको अथक प्रयासले प्रजातन्त्र प्राप्त भएको भन्दै त्याग र योगदान गरेका विद्वत व्यक्ति, नेतृत्वहरुको विश्वासलाई कायम राख्न जनताको अपेक्षाअनुसार काम गर्न लोकतन्त्रवादीहरु एकजुट भएर कर्म गर्नुपर्नेमा जोड दिए । 

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले नेपालको आर्थिक रुपन्तरणको सम्भावना र चुनौतीका बारेमा चर्चा गर्दै अहिलेको युवा पुस्ताले खोजेको रुपान्तरणका लागि काम गर्न गर्नुपर्ने कार्यहरूको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ५८ बजे

ट्राफिक कारबाहीमा एकै दिन चार लाख ९४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ७८२ सवारीचालकलाई सवारी

जापानको सानदार प्रदर्शन : पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक