धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार « Khabarhub

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत चार सय ४० घरपरिवार लाभान्वित भएका छन् ।

धवलागिरि गाउँपालिका–७ को मच्छिम, शिवाङ र हिलापोखरीमा तीन सय २३ तथा वडा नम्बर ६ मा पर्ने राम्चे, मराङबेँसी र कुम्रीका एक सय १७ घरमा खानेपानी सुविधा विस्तार भएको हो ।

गाउँपालिकाका प्रावधिक शाखाका प्रमुख लोकेन्द्र रावलले ठेक्कामार्फत निर्माण भएका दुईवटै योजनामा दुई करोड ३२ लाख पाँच हजार ८४ खर्च भएको बताए । आयोजना प्रभावित दुईवटा वडाका छवटा टोलका सबै घरमा खानेपानी वितरणका लागि मिटरसहितको धारा निर्माण भएको छ । मुहान, ट्याङ्की, मुख्य र शाखा पाइप लाइन निर्माण गरेर घरघरमा सफा र स्वच्छ खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ ।

घरघरमा खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई समयको बचत र पानी ओसार्न हुने झन्झट हटेको धवलागिरि गाउँपालिका–६ का लाल केसीले बताए । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए ।

मच्छिम, शिवाङ, हिलापोखरी खानेपानी योजनामार्फत मच्छिमको शिरमा रहेको बञ्चरेमा मुहानबाट पानी ल्याएर वितरण भएको छ । यो योजनाका लागि एक करोड ३६ लाख ३४ हजार ३११ खर्च भएको छ ।

एक करोड १३ लाख ४९ हजारमा आर्थिक वर्ष २०७८–०७९ मा ठेक्का सम्झौता र यस वर्ष सकिएको मराङको खानेपानी योजनामा एक करोड सात लाख ५२ हजार २१२ भुक्तानी भएको छ । मराङ खानेपानी योजनाबाट खानेपानी वितरण भइसकेको छ ।

मच्छिम, शिवाङ, हिलापोखरी खानेपानी योजनाको संरक्षणको परीक्षण सफल भए पनि प्रयोगमा आएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले उपभोक्ता समिति गठन गरेर योजना हस्तान्तरण र बर्खा सकिएपछि सञ्चालन गरिने बताए । (रासस)

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ३१ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम