धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार « Khabarhub

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत चार सय ४० घरपरिवार लाभान्वित भएका छन् ।

धवलागिरि गाउँपालिका–७ को मच्छिम, शिवाङ र हिलापोखरीमा तीन सय २३ तथा वडा नम्बर ६ मा पर्ने राम्चे, मराङबेँसी र कुम्रीका एक सय १७ घरमा खानेपानी सुविधा विस्तार भएको हो ।

गाउँपालिकाका प्रावधिक शाखाका प्रमुख लोकेन्द्र रावलले ठेक्कामार्फत निर्माण भएका दुईवटै योजनामा दुई करोड ३२ लाख पाँच हजार ८४ खर्च भएको बताए । आयोजना प्रभावित दुईवटा वडाका छवटा टोलका सबै घरमा खानेपानी वितरणका लागि मिटरसहितको धारा निर्माण भएको छ । मुहान, ट्याङ्की, मुख्य र शाखा पाइप लाइन निर्माण गरेर घरघरमा सफा र स्वच्छ खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ ।

घरघरमा खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई समयको बचत र पानी ओसार्न हुने झन्झट हटेको धवलागिरि गाउँपालिका–६ का लाल केसीले बताए । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए ।

मच्छिम, शिवाङ, हिलापोखरी खानेपानी योजनामार्फत मच्छिमको शिरमा रहेको बञ्चरेमा मुहानबाट पानी ल्याएर वितरण भएको छ । यो योजनाका लागि एक करोड ३६ लाख ३४ हजार ३११ खर्च भएको छ ।

एक करोड १३ लाख ४९ हजारमा आर्थिक वर्ष २०७८–०७९ मा ठेक्का सम्झौता र यस वर्ष सकिएको मराङको खानेपानी योजनामा एक करोड सात लाख ५२ हजार २१२ भुक्तानी भएको छ । मराङ खानेपानी योजनाबाट खानेपानी वितरण भइसकेको छ ।

मच्छिम, शिवाङ, हिलापोखरी खानेपानी योजनाको संरक्षणको परीक्षण सफल भए पनि प्रयोगमा आएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले उपभोक्ता समिति गठन गरेर योजना हस्तान्तरण र बर्खा सकिएपछि सञ्चालन गरिने बताए । (रासस)

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ३१ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न