एसिया कप : आज भारत र बंगलादेश भिड्दै « Khabarhub

एसिया कप : आज भारत र बंगलादेश भिड्दै


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको सुपर फोरमा भारत र बंगलादेश भिड्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिमको दुईदुई अंक जोडेका छन् ।

आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । भारत र बंगलादेशको भिडन्त बुधबार साँझ ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।

पाकिस्तानले दुई खेल खेल्दा दुई अंक मात्र जोडेको छ । पाकिस्तानले पहिलो खेलमा भारतसँग पराजित भएको हो । गएराति भएको खेलमा भने पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको हो । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ ।

आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् । सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइदा सेप्टेम्बर २८ तारिखमा खेल्नेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : २८ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले