कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव संकलन « Khabarhub

कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव संकलन


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन थालेका छन्।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितीबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताको प्रतिक्रिया र सुझाव आउनेक्रम बढेपछि नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थालेका हुन्।

केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत् प्राप्त प्रतिक्रिया ग्रहण गरिरहेका छन्। स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तासँग औपचारिक सम्वादसमेत अघि बढाएका छन्।

सातै प्रदेशका करिब ५० क्षेत्रीय सभापति सहभागी थिए। उनीहरुले कांग्रेसको सुधारका लागि आत्मालोचनासहित नेता पौडेलले सारेको धारणामा सहमत रहेको भन्दै पार्टी रुपान्तरण तथा पुस्तान्तरण आवश्यक रहेको बताए।

बैठकमा २६ क्षेत्रीय सभापति सहभागी थिए। नेता पौडेलले अबको केही समय निरन्तर सुझाव संकलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने योजना बनाएका छन्।

नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रुपान्तरण आवश्यक रहेको भनेका छन्।

नेता पौडेलले आफू पार्टी सुधारका पक्षमा उभिएको भन्दै कार्यकर्ता तथा नेताबाट प्राप्त सुझाव र विज्ञसँगको थप छलफलपछि दस्तावेजसहित आउने बताए।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : १३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर