तातोपानी नाकाबाट भित्रिए सय कन्टेनर, रसुवागढीमा बेलिब्रिज हाल्ने तयारी  « Khabarhub

तातोपानी नाकाबाट भित्रिए सय कन्टेनर, रसुवागढीमा बेलिब्रिज हाल्ने तयारी 


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तातोपानी नाका जोड्ने अरनिको राजमार्ग सञ्चालनमा आएपछि चीनतर्फ अड्कीएका कन्टेनर नेपाल भित्रिन थालेका छन । 

भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजार नजिकै पर्ने इकुसहित अन्य चार ठाउँमा खसेको पहिरोका कारण भदौ ८ गतेबाट राजमार्ग ठप्प बनेको थियो । राजमार्ग खुलेपछि मंगलबार दिउँसोबाट तातोपानी भन्सार कार्यालयको बन्दरगाहमा  कन्टेनर आउन थालेको भन्सार प्रमुख सूर्यप्रसाद काफ्लेले बताएका छन । 

‘सबैभन्दा समस्या इकुको २ सय ५० मिटर चौडाइमा फैलिएर खसेको पहिरो थियो, त्यहाँ सोमबार बेलुका ट्रयाक खुलाइयो, दलदले माटोका कारण बाक्लिएली ग्राभेल हालेपछि मंगलबार दिउँसो १ बजेबाट चेकजाँचका लागि करिब ३९ वटा फलफूलका साना कन्टेनर भन्सार यार्डमा आइपुगेका हुन । ठूला कन्टेनर पास हुन अलिक असहज हुन सक्छ साना त निर्वाध आवतजावत गर्न थालेका छन उनले भने।’ 

भन्सारबाट दुई दिनमा ८२ वटा कन्टेनर चेकजाँच पास भएर गइसकेको बताइएको छ । 

‘फलफूलका ३९ वटासहित अन्य सामान बोकेका ४३ वटा कन्टेनर पास भइसकेका छन । नाकाको चीनतर्फ रहेका ५०-६० वटा अहिले आउने क्रममा छन्,’ उनले थपे, ल्हासा, खासा लगायत चीनको गोदाममा १५ सय कन्टेनर रोकिएको भनिए पनि के–कति संख्यामा छन यकिन छैन, कन्टेनर आएमा नाकामा रोकिएर बस्नुपर्ने अवस्था छैन,’ । 

हाललाई वर्षा रोकिएकाले कुनै समस्या नभएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताएका छन । 

उनले भने ‘ यतिबेला पानी नपरेकाले सवारी सहजै आवतजावत भइरहेको छ, पानी पर्ने बित्तिकै समस्या हुनसक्छ, डिभिजनले ३ वटा मेसिन र ४ वटा टिपर तैनाथ राखेको छ ।’ 

रसुवागढीपछि तातोपानी नाका नेपाल–चीनतर्फको दोस्रो मुख्य नाका हो । जुन गत साउन ७ गते बिहान सडक माथिबाट ठूलो मात्रामा पहिरो खसेदेखि अवरुद्ध बनेको थियो। 

‘अविरल वर्षाका कारण खसिरहेको पहिरोले साउन ७ देखि भदौ ८ गतेसम्म यो नाका ३-४ पटक मात्र सञ्चालनमा आएको थियो । भदौ ८ मा फेरि पहिरो खसेपछि भने हिजोबाट मात्रै कन्टेनर नेपालतर्फ आउन थालेका हुन्,’ काफ्लेले भने। 

भदौ ८ गते अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५ सय मिटर सडक भासिएको थियो । इकोमा २ सय ५० मिटर, डाक्लाङमा १ सय १० मिटर, पान्थलीमा १ सय  मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा दश मिटर सडक भासिएको थियो ।

चीनतर्फको अर्को मुख्य नाका रसुवागढी भने गत असार २४ गते नेपाल–चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प छ ।

‘बाढीले नाका जोड्ने मुख्य मितेरी पुल, टिमुरे सुख्खा बन्दरगाह लगायतका संरचना समेत बगाएको थियो, बाढीपछि स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड मर्मत गरी केहीदिन सुचारु गरिएपनि साउन १४ गते पुनः बाढी आएपछि नेपाल–चीनको मुख्य स्थल सम्पर्क टुट्यो, असार यता चीनले बेलिब्रिज निर्माण गर्न प्रयास गरिरहेको छ, तर अविरल वर्षाका कारण निकै असहज भइरहेको छ,’ । रसुवागढी भन्सार कार्यालय प्रमुख तुल्सीराम भट्टराईले बताए । 

उनले थपे, ‘ पानीको लेभल नघटेर काम हुन सेकेको थिएन, हिजो आज पानी परेको छैन, त्यसैले खोलामा ह्युम पाइप राखेर वारपार गर्न मिल्ने बनाइएको छ, चीनतर्फबाट पुल निर्माणका सामाग्री बोकेका डोजर र टिपर नेपालतर्फ वारपार गर्न थालेका छन पानी परेन भने केहीदिनमा पुल हाल्न सकिएला, दशैंअघि खुलाउन गाह्रै पर्ला’ । 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १ : ५४ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि