देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प « Khabarhub

देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका २३ जना नेताहरू सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएका छन् ।

दुई दिनअघि नेता गुरू घिमिरेसहितले विशेष महाधिवेशन माग गरेको पृष्ठभूमिमा बुधबार संयुक्त वक्तव्य निकाल्दै २३ जना नेताले देउवाको बचाउ गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, प्रदेश सरकारका मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र पदाधिकारीहरूको बैठकपछि देशको राजनीतिक निकास र पार्टीभित्रको आन्तरिक एकताबारे धारणा सार्वजनिक गरिएको हो ।

उनीहरूले जेन-जीका नाममा गत भदौ २४ गते सभापति तथा पूर्वप्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको भौतिक आक्रमणको कडा निन्दा गरेका छन् ।

उनीहरूले देउवा र पत्नी आरजुमाथि सांघातिक आक्रमणमा, कोइराला निवास, चाक्सीबारी र भट्टराई आश्रम लगायत पार्टीका नेताहरूको निजी आवास, पार्टी कार्यालायहरूमा भएको आगजनी र तोडफोडले लोकतन्त्र मास्ने खेल भएको बताएका छन् । ‘कांग्रेसलाई कमजोर बनाउने विभिन्न शक्ति केन्द्रहरूको पर्दा पछाडिको खेल र प्रदर्शनमा दूषित स्वार्थपूर्ति गर्ने मनसायका व्यक्ति र समुहको घुसपैठ हो भन्ने निष्कर्ष छ’, उनीहरूले भनेका छन्, ‘यसबाट उत्पन्न परिस्थितमा पार्टीलाई एक ढिका बनाउन हामी सबैको कर्तव्य हो ।’

त्यसैगरी जेन-जीका नाममा भएको क्षतिको वास्तविक मूल्यांकन गरी आवश्यक पुन:र्निर्माण अघि बढाउन र आन्दोलनमा घुसपैठ गरी हिंसा र तोडफोडमा संलग्नलाई कानुनी कारबाही गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।

बैठकले जेन-जीका नाममा पार्टी नेताहरूको निजी आवासमा भएको आगजनीलाई लोकतन्त्र र कांग्रेसलाई कमजोर बनाउन बाह्य शक्तिको षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। यस्तो अवस्थामा पार्टीलाई एकढिक्का बनाउन सबै सदस्यलाई जिम्मेवार बन्न पनि भनिएको छ।

‘सभापति शेरबहादुर देउवा उपचाररत भएकाले वर्तमान पदाधिकारीहरूले सुझबुझका साथ निर्णय लिनुपर्छ’, उनीहरूले भनेका छन्, ‘सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्ने यसअघि नै गरिसकेको प्रतिबद्धतालाई ध्यानमा राख्नु जरुरी छ । आन्तरिक विवाद हुने गरी विशेष महाधिवेशन वा हस्ताक्षर संकलनजस्ता गतिविधि नगर्नुस् ।’

कांग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माहरूले पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने आवाज बढाएका छन् । २३ जना नेताले देउवाबाट नेतृत्व हस्तान्तरण हुने वचन आइसकेकाले विशेष महाधिवेशनतिर जानु अनुचित हुने तर्क गरेका छन् ।

यी नेताहरूले अहिलेको राजनीतिक निकासका लागि गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापित गर्नुपर्ने मत राखेका छन् ।

‘वर्तमान संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेन-जी युवाह बीच राष्ट्रिय सहमति गर्नुपर्छ । त्यसपछि प्रतिनिधि सभा पुर्नर्स्थापना गरेर त्यसमार्फत् संविधान संशोधन हुनुपर्छ’, उनीहरूले भनेका छन्, ‘पुर्नस्थापित प्रतिनिधि सभामा जेन-जी युवाहरूलाई सहभागी गराइनु पर्छ । त्यसपछि संशोधित संविधानमा टेकी आमनिर्वाचनमा जानु पर्छ ।’

राजनीति निकासका लागि प्रस्ताव

संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेन-जी युवाबीच राष्ट्रिय सहमति

प्रतिनिधि सभा पुनर्स्थापना

पुनर्स्थापित संसदमार्फत संविधान संशोधन

संसदमा जेन-जी युवाको सहभागिता सुनिश्चित

संशोधित संविधानका आधारमा आमनिर्वाचन

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ४ : ४९ बजे

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन