कर्मचारीहरूको कार्यशैलीमा कडाइ गरी सेवा प्रवाह सुधार्न न्याम्सको निर्देशन  « Khabarhub

कर्मचारीहरूको कार्यशैलीमा कडाइ गरी सेवा प्रवाह सुधार्न न्याम्सको निर्देशन 


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाहमा थप सुधार गर्नका लागि कर्मचारीहरूको कार्यशैलीमा कडाइ गर्न निर्देशन दिएको छ।

अस्पतालले बुधवार एक सूचना जारी गर्दै सबै स्वास्थ्यकर्मी, प्रशासकीय कर्मचारी, नर्स, सुरक्षा र सरसफाइ कर्मचारीहरूलाई आचार संहिता र कार्यसम्बन्धी कर्तव्य पालनामा अनिवार्यरूपमा ध्यान दिन निर्देशन दिएको हो । प्रतिष्ठानको सेवा सुधारका लागि न्याम्सले जेन-जी समूहको नेतृत्वसँग समेत  छलफल गरेको थियो ।

‘विगत देखि नै सेवाग्राहीलाई प्राथमिकतामा राखी आफ्नो दैनिक प्रशासनिक तथा अस्पताल सेवाहरू एवं शिक्षा प्रदान गरिरहेको भएता पनि यदाकदा सेवाग्राहीबाट व्यवस्थापन समक्ष विगतमा गुनासोहरू आएको र सो बारेमा परिपत्र समेत गरिएकोमा सो अपेक्षित सुधार नभएको भनी पुनः प्रतिष्ठानको सेवा सुधारका लागि न्याम्स समूहको नेतृत्वसँग छलफल समेत भएकोले कर्मचारी आचार संहिता र सुशासन पालनको लागि सरोकारवाला सम्बन्धित सबैमा जानकारी गराइन्छ’ जारी सूचनामा भनिएको छ । 

१२ बुँदे आचार संहिता जारी गर्दै अस्पताल प्रशासनले दैनिक सेवाग्राहीहरूको चाप बढ्दै गइरहेको अवस्थामा कर्मचारीहरू समयमै आफ्नो कार्यस्थलमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्न भनेको छ । कार्यसमयमा अनावश्यक रूपमा बाहिर जान, खाना खाने नाममा बेपत्ता हुने, वा निजी अस्पतालमा कार्य गर्न पाइने छैन ।

त्यस्तै, बिरामी वा सेवाग्राहीलाई अन्य अस्पतालमा सिफारिस नगर्न, औषधि तथा सामग्री खरिद गर्न विशेष ब्रान्ड सुझाउन नपाउने, अस्पतालकै फार्मेसी प्रयोग गर्नुपर्ने लगायतका निर्देशनहरू दिइएका छन् । कर्मचारीहरूले पोशाक तथा आइडी कार्ड लगाएर मात्र सेवा दिनुपर्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : २० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष