संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने « Khabarhub

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रतिनिधित्व गर्ने छन् ।

मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारबाट तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ जान सक्ने अवस्था नरहेकाले महासभामा स्थायी प्रतिनिधि थापाले नै नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घको ८०औँ महासभाको बहस यही असोज ७ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा प्रारम्भ भएको छ । 

यसैगरी मुलुकको वर्तमान परिस्थितिमा केही मुलुकले नेपाललाई दिँदै आएको भिजिट भिसा रोकेको भन्ने सूचनाका सम्बन्धमा मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतमार्फत आधिकारिक विषयका बारेमा जानकारी लिएको छ । 

मन्त्रालयले नेपालीहरू भिजिट भिसामा विभिन्न मुलुकमा गइरहेको अवस्थामा प्रश्न उठेका सम्बन्धमा व्यवस्थित बनाउनका लागि सम्बन्धित अधिकारीको उपस्थितिमा छलफल गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ४५ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय