लद्दाखमा नेपालकै शैलीको आन्दोलन : एकैदिन ४ जनाको मृत्यु, ७२ घाइते, भाजपा कार्यालय जलाइयो « Khabarhub

लद्दाखमा नेपालकै शैलीको आन्दोलन : एकैदिन ४ जनाको मृत्यु, ७२ घाइते, भाजपा कार्यालय जलाइयो


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

लेह- केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित बुधबार लेहमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा ४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरे। भाजपा कार्यालय र सीआरपीएफको गाडीमा समेत आगजनी गरिएको छ। यसैबीच प्रशासनले लेहमा कुनै पनि र्‍याली वा प्रदर्शन गर्न रोक लगाएको छ।

यी विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङ्चुकको समर्थनमा आन्दोलनमा उत्रिएका हुन्। वाङ्चुक १५ दिनदेखि आमरण अनशनमा बसेका थिए। माग पूरा नभएको विरोधमा प्रदर्शनकारीहरूले बन्दको आह्वान गरेका थिए। त्यसै क्रममा हिंसा सुरु भएको हो।

‘यो लद्दाखका लागि दुखको दिन हो। हामी पाँच वर्षदेखि शान्तिपूर्ण बाटोमा हिँडिरहेका थियौं। अनशन गर्‍यौं, लेहदेखि दिल्लीसम्म पैदल हिँड्यौं। आज हामीले शान्तिको सन्देश असफल भएको देखिरहेका छौं। गोलीबारी, आगजनी र हिंसा भइरहेको छ। म लद्दाखको युवा पुस्तालाई यो मूर्खता रोक्न अपील गर्छु। हामी अनशन तोड्दैछौं, प्रदर्शन रोक्दैछौं,’ वाङ्चुकले भनेका छन्।

यस विषयमा अर्को बैठक अक्टोबर ६ मा दिल्लीमा बस्ने भएको छ। सन् २०१९ मा धारा ३७० र ३५(ए) हटाउँदा जम्मु–कश्मीर र लद्दाख दुई छुट्टाछुट्टै केन्द्रशासित प्रदेश बनाइएका थिए। त्यतिबेला सरकारले परिस्थिति सामान्य भएपछि लद्दाखलाई पुनः पूर्ण राज्यको दर्जा दिने आश्वासन दिएको थियो।

आन्दोलनकारीहरूले मंगलबार राति २४ सेप्टेम्बरका दिन लद्दाख बन्दको आह्वान गरेका थिए। भीड जुटाउन सामाजिक सञ्जाल प्रयोग गरिएको थियो।

मानिसहरूलाई लेह हिल काउन्सिलमा भेला हुन अपील गरिएको थियो। लेह हिल काउन्सिल अगाडि आन्दोलनकारीलाई रोक्न प्रहरीले ब्यारिकेड्स राखेको थियो।

जब आन्दोलनकारी अगाडि बढे तब प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो। तर भीडले प्रहरीले प्रयोग गरेका सवारीसाधनमा आगजनी र तोडफोड गर्‍यो।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ५१ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील