विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने « Khabarhub

विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी अमेरिकातिर प्रस्थान गरेका छन् ।

विगत २४ महिनादेखि बेपत्ता कञ्चनपुरका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा र बहिनी पुष्पा बुधबार अमेरिका प्रस्थान गरेका हुन्।

यसअघि उनीहरू इजरायल पुगेर पनि दबाब बढाएका थिए। तर ठोस प्रगति नभएपछि संयुक्त राष्ट्रसंघमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्न उनीहरू अमेरिका गएका हुन्।

पद्मा र पुष्पाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने भएका छन् ।

विपिन जोशी कञ्चनपुर निवासी हुन् । सन् २०२३ अक्टोबर ७ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिममा रहेका बेला उनी अपहरणमा परेका थिए।

नेपाल सरकारले कूटनीतिक पहल गरे पनि ठोस नतिजा आउन सकेको छैन। परिवार निरन्तर सक्रिय छ । अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल गरेको छ ।

जोशी परिवारले गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई भेटेर विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए।

त्यसपश्चात संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका जान आवश्यक सहजीकरण गरिदिएका थिए ।

दुवैको अमेरिका बसाइमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछन्।

क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिका अध्यक्ष विकास उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा उनीहरूलाई सहयोग पुर्‍याउने तयारी भएको छ।

यसअघि गैरआवासीय नेपाली संघ इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि अभियान चलाएको थियो ।

यस्तै, मध्यपूर्वका विभिन्न मुस्लिम राष्ट्रमासमेत कूटनीतिक पहल तथा छलफलका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्ने भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ०७ बजे

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर

विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन

गण्डकी – नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा