दीपकराज गिरीको स्पष्टीकरण : जेन-जी आन्दोलनलाई समर्थन गरेँ, तोडफोडमा उत्रिएको थिइनँ « Khabarhub

दीपकराज गिरीको स्पष्टीकरण : जेन-जी आन्दोलनलाई समर्थन गरेँ, तोडफोडमा उत्रिएको थिइनँ


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र विध्वंसमा साथ दिएको आरोप खेपिरहेका चर्चित कलाकार दीपकराज गिरीले आफ्नो बचाउ गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् स्पष्टीकरण दिँदै उनले आफू आन्दोलनको समर्थनमा रहेको स्वीकार गरे पनि तोडफोडमा संलग्न नभएको स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, ‘नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई समर्थन गरेजस्तै यसलाइ पनि समर्थन गरेको हो। यदि त्यो अपराध हो भने अपराध त भयो नै।’

गिरीले दिएको स्पष्टीकरणमा आन्दोलनको दिन उनी कलाकारका रूपमा सानो सर्वपक्षीय भेलामा सहभागी हुन बानेश्वरतर्फ जाँदै थिए।

बाटोमा एक घरमा तोडफोड भइसकेको देख्दा रमितेहरूबीच आफूलाई चिन्नेहरूले फोटो खिचेको उनले स्वीकारेका छन् । अहिले त्यही फोटो प्रयोग गरी आफूलाई तोडफोडमा संलग्न देखाउने गलत कथा बनाइएको उनले उल्लेख गरेका छन्।

उनले थप लेखेका छन्, ‘त्यसपछि हामीले तोडफोड नगरौँ भन्ने भिडियो पनि बनायौँ र निरन्तर सामाजिक सञ्जालमा राष्ट्रको सम्पत्ति जोगाऔँ भन्ने स्टाटस हालिरह्यौँ।’

गिरीले आन्दोलनको प्रारम्भिक उद्देश्य र त्यसपछि भएको तोडफोडबीच स्पष्ट भिन्नता रहेको दाबी गरेका छन् । ‘आन्दोलन एउटा पाटो थियो, आगजनी र विध्वंस चाहिँ अर्को पाटो। त्यसमा दलका मान्छे र विभिन्न स्वार्थ समूह प्रवेश गरेको प्रमाणित भइसकेको छ।’

गिरीले आफू कुनै राजनीतिक समूहमा आबद्ध नभएको बताएका छन् । ‘यदि मेरो तोडफोडमा संलग्नता प्रमाणित हुन्छ भने, हदसम्मको कारबाहीका लागि तयार छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : १६ बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि