खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ « Khabarhub

खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउने प्रक्रिया सुरु गरिसकेको बताएका छन्।

प्रतिपक्षी दलले उठाएका विषयलाई सुझावका रुपमा ग्रहण गर्दै खर्च कटौती र सुशासनलाई प्राथमिकतामा राखिएको बताएका हुन्।

बागमती सरकारमा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलले मन्त्रालयको संख्या कटौती गरी खर्च कटौती गर्न दबाब दिइरहेका बेला बानियाँको यस्तो भनाइ आएको हो।

‘प्रतिपक्षले उठाएका विषयलाई हामीले पूर्वाग्रही नजरले हेरेका छैनौँ। प्रतिपक्षी दलहरूले दिएको सुझावलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। खर्च कटौती र सुशासन हाम्रो पनि प्रमुख प्राथमिकता हो। हामीले सोही अनुसार सरकार चलाइरहेका छौँ,’ उनले भने, ‘मन्त्रालयको सङ्ख्या घटाउने विषयमा ठोस निर्णयमा पुग्नका लागि हामीले प्रक्रिया सुरु गरिसकेका छौँ।’

सरकार गठनको १०० दिन पूरा हुँदैगर्दा खर्च कटौतीको लागि आफू दृढ भएर लागेको बानियाँको भनाइ छ।

‘सत्तारुढ दलबीचको छलफलमा पनि यी कुरा आएका छन्। हामी मन्त्रालय र संरचनाको विषयमा दलहरूसँग छलफल गरेर एउटा साझा धारणा निर्माण गर्ने क्रममा छौँ,’ उनले भने, ‘त्यसैले, यो विषय केवल चर्चाका लागि होइन, हामी यसलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छौँ।’

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : २३ बजे

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा