जुम्लाको सिञ्जामा १९९ योजना सम्पन्न « Khabarhub

जुम्लाको सिञ्जामा १९९ योजना सम्पन्न


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिकाले एक वर्षको अवधिमा करिब एक सय ९९ योजना सम्पन्न गरेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाभित्रका ६ वडामा सञ्चालित एक सय ९९ योजना सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए ।

सोही अवधिमा पालिकास्तरीय ६५ र वडास्तरीय १३४ योजना सम्पन्न भएका छन् । २० लाख माथिका गाउँपालिकास्तरीय १२, र वडा स्तरीय तीन वटा योजना रहेका थियो । पाँचदेखि २० लाखसम्मका पालिकास्तरीय १५ र वडास्तरीय २७ योजना र पाँच लाखभन्दा कम पालिकास्तरीय ३८ र वडास्तरीय १०५ योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

गाउँपालिकाले आव २०८१–८२ मा ३८ करोड ४६ लाख अनुमानित बजेट ल्याएकोमध्ये कूल बजेटको चालुतर्फ र पुँजीगततर्फ गरी ३५ करोड ८९ लाख चार हजार खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए । उक्त आर्थिक वर्षमा पालिकाको २६ लाख ६४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको गाउँपालिका प्रमुख शाहीको भनाइ छ ।

गाउँपालीकाभित्रका बस्तीमा सडक पहुँच विस्तार गर्ने, कृषि सडक, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा सहज र नागरिकलाई प्रत्यक्ष स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले साढे तीन वर्षमा झण्डै १७ किलोमिटर नयाँ सडक विस्तार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । (रासस)

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ५९ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने