‘गोबर ग्यास’ कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

‘गोबर ग्यास’ कार्यक्रम प्रभावकारी बन्दै


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले खाना पकाउने इन्धनका रूपमा गोबर ग्यासको कार्यक्रम सञ्चालन गरेपछि स्थानीय महिलालाई सहज भएको छ । गाउँपालिकाले पशुपालनसँगै गोबर ग्यास उत्पादनलाई जोड दिँदै स्वदेशमै उपलब्ध स्रोत प्रयोग गर्ने लक्ष्यसहित कार्यक्रम विस्तार गरेको हो । 

गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार गत वर्षदेखि नमूनाका रूपमा पशुपालनमा आबद्ध किसानलाई लक्षित गर्दै गोबर ग्यास जडान प्रक्रिया अघि बढाइएको हो । महिला विकास बोर्डमार्फत आत्मनिर्भर कार्यक्रमअन्तर्गत गाई वितरणसँगै गृहिणी महिलालाई लक्षित गरी गोबर ग्यास स्थापना गरिएको उनले बताइन्। 

‘हामीले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उपाध्यक्ष राईले भनिन्, ‘विशेष गरी पशुपालनमा आबद्ध किसानलाई गोबर ग्यास प्रवर्द्धन गरेर आयातित ग्यासमाथिको निर्भरता घटाउने र भान्सामा थप सहजता ल्याउने उद्देश्य राखेका छौँ ।’

गाउँपालिकामा महिला विकास बोर्डअन्तर्गत गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, तरकारी तथा फलफूलखेती, गड्यौला मल उत्पादनजस्ता कार्यक्रम सबै वडामा सञ्चालन भइरहेका छन् । महिला उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको उपाध्यक्ष राईले बताइन्।

पौवादुङमा–१ श्यामशिलामा गोबर ग्यास जडानका लागि एक परिवार बराबर गाउँपालिकाबाट रु १५ हजार, सङ्घीय सरकारबाट रु २५ हजार र किसानको रु ५० हजार खर्च भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा श्यामशिलाका दुई परिवारले नमूनाका रूपमा गोबर ग्यास प्रयोग गर्न थालेका छन् ।

गोबर ग्यास जडानपछि खाना पकाउने, पानी तताउनेदेखि घरायसी काम सहज भएको स्थानीय तारा तामाङ बताउँछन् । 

‘गोबर ग्यासको कार्यक्रमले हामीलाई सहज भएको छ’, उनले भने, ‘महिला लक्षित कार्यक्रमले उद्यममा जोडिन सजिलो भएको छ । पशुपालन, तरकारीखेतीजस्ता कार्यक्रमले हामीलाई आत्मनिर्भर बन्न प्रोत्साहन दिएको छ ।’

यस्तै, गोबर ग्यास प्रयोगसँगै बाहिरबाट ग्यास किन्नुपर्ने बाध्यता हटेको श्यामशिलाका भरतबहादुर कार्कीले बताए। 

‘अब दाउराको प्रयोग पनि निकै घटेको छ’, उनले भने, ‘यसले समय, श्रम र खर्च सबै घटाएको छ ।’
 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १ : १६ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने