अर्थसंक्षेप : चुनावले चलायमान होला अर्थतन्त्र ?, भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख र सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्बनजिक « Khabarhub

अर्थसंक्षेप : चुनावले चलायमान होला अर्थतन्त्र ?, भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख र सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्बनजिक


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज भन्सार : चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलन उत्साहजनक देखिएको छैन ।

कुमारी बैंक र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच सम्झौता

जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

चुनाव भए अर्थतन्त्र कति चलायमान होला ?

जेनजी ‘विद्रोह’ पश्चात सुशीला कार्की नेतृत्वमा बनेको वर्तमान सरकारले प्राप्त गरेको मुख्य म्यान्डेट नै आगामी फागुन २१ गते निर्वाचन गर्ने हो । अहिलेसम्म तोकिएको मितिमा हुने निर्वाचनमा सहभागी हुने विषयमा अधिकांश दलले सहमति जनाएका छन् ।

जेनजी ‘विद्रोह’को क्रममा मुलुकमा ठूलो क्षति भए पनि अर्थतन्त्रको बाह्य सूचक भने राम्रो देखिएको अवस्था छ । फागुनमा चुनाव हुँदा आन्तरिक अर्थतन्त्र थप चलायमान हुने देखिएको छ ।

एकैदिन १ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

रसुवागढी नाकास्थित ‘बेलिब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

कञ्चनपुरको हुलाकी सडक आठ वर्ष बितिसक्दा पनि अधुरै

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट एक करोड एक लाख रुपैयाँ जम्मा भएको छ ।

सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एकलाख बराबरको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।

त्यसैगरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेगरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीको संयुक्त योगदान हुने गरी ७५ लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित

ओलाङचुङगोला जाने सडक मर्मत

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : ३० बजे

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति