केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ « Khabarhub

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मंगलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडौँमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेन-जी प्रदर्शनका क्रममा फरार भएका थिए । 

त्यसैगरी, गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार रहेका बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानूनलाई पनि पक्राउ गरेर वीरगञ्ज कारागार बुझाएको छ । निज उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले रु ५० हजार धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  २ : ३९ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार