युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि « Khabarhub

युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ ।

शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडि सार्दै युवालाई नीति निर्माणमा सहभागि गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जानकारी दिए ।

यस्तै, भेलाले वर्तमान समयमा युवा पुस्तालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरू खोजी गर्नेछ ।

भेलामा १ हजार ७ सय भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : ४२ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि