अखिल क्रान्तिकारीको निर्वाचन आज, अध्यक्षमा पाँचजनाको दाबी « Khabarhub

अखिल क्रान्तिकारीको निर्वाचन आज, अध्यक्षमा पाँचजनाको दाबी


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन अन्तर्गत भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ।

नयाँ नेतृत्वका लागि पाँचजनाले दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ।

अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन हुनेछन् ।

नयाँ नेतृत्व चयनका लागि देशभरबाट साढे २४ सय प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ८ : ०१ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि