३७ डीएसपीको एसपीमा बढुवा सिफारिस « Khabarhub

३७ डीएसपीको एसपीमा बढुवा सिफारिस


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो । हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो।

बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्। दोस्रो नम्बरमा सुमित खड्का र तेस्रो नम्बरमा ठाकुरप्रसाद पोखरेल परेका छन्।

यस्तै, बढुवा सिफारिसमा समावेश भएकामा मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का रहेका छन्।

यस्तै, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाईं, भरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईं, किशोरकुमार श्रेष्ठ बढुवा सिफारिसमा परेका छन्।

यसैगरी, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रविन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कविता कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने बढुवा सिफारिस भएका छन्।

यस्तै, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगम बहादुर कुँवर बढुवा सिफारिस भएका छन्।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : ३३ बजे

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहने हो भने दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार