क्रान्तिकारीमा निर्वाचन – पञ्चा सिंहले छाडिन् जनार्दन समूह « Khabarhub

क्रान्तिकारीमा निर्वाचन – पञ्चा सिंहले छाडिन् जनार्दन समूह


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी घटक अखिल (क्रान्तिकारी)की निवर्तमान अध्यक्ष पञ्चा सिंहले पार्टी उपमहासचिव जनार्दन शर्मा समूह छाडेकी छन् ।

क्रान्तिकारीको नयाँ अध्यक्ष चुन्न निर्वाचन हुनै लाग्दा सिंहले शर्माको साथ छाडेकी हुन् । कालिकोट निवासी सिंह यसअघि शर्माकै जोडबलमा अध्यक्ष निर्वाचित भएकी थिइन् ।

शर्माको दबाबका कारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहलाई अध्यक्ष बनाएका थिए । त्यतिबेला क्रान्तिकारीको अध्यक्षमा सिंहभन्दा सिनियरहरू तिलकराज भण्डारी, दीपक देवकोटा, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत र विजय गौतम अध्यक्षका आकांक्षी थिए ।

आकांक्षी सबैलाई खुमलटार बोलाएर प्रचण्डले अघिल्लोपटक भाई अनिल शर्मालाई अध्यक्षमा हराएर रञ्जित तामाङलाई जिताएपछि जनार्दनले पार्टीमा सधैं किचकिच गरिरहेको र त्यही नाममा गुटबन्दी गरेको भन्दै उनकै उम्मेदवार सिंहलाई सर्वसम्मत गरिदिन आग्रह गरेका थिए ।

‘प्रचण्डले विद्यार्थी संगठनकै कारण पार्टीमा समस्या बल्झिइरहने भयो, यसपटक मेरो आग्रहलाई मानेर तपाईंहरुले पछि हटिदिनुपर्‍यो भनेपछि हामीले पञ्चालाई छाडेका थियौं’, त्यतिबेलाका अध्यक्षका आकांक्षीमध्ये एकले भने, ‘तर, अहिले उहाँले जनार्दन दाई (जनार्दन शर्मा)को साथ छोडेको सुन्दा अचम्म लागेको छ ।’

शर्माको साथ छाडेकी सिंह पार्टी उपमहासचिव शक्ति बस्नेतनिकट विजयप्रकाश सापकोटाको पक्षमा उभिएकी छन् । उनले सापकोटालाई जिताउन प्रतिनिधिहरूसँग मतसमेत मागिरहेकी छन् ।

सिंहसँगै पूर्वविद्यार्थी नेताहरू नारायण खनाल र मदन भुलले पनि शर्माको साथ छाडेका छन् । खनाल र भुल सिंह अध्यक्ष हुँदा क्रान्तिकारीका उपाध्यक्ष थिए ।

बस्नेत समर्थित सापकोटा प्यानलमा सिंहले आफूनिकट सञ्जय सिंहलाई महासचिवको उम्मेदवार बनाएकी छन् । यस्तै क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले महेन्द्र चन्दलाई कोषाध्यक्षमा अघि सारेका छन् ।

शर्माले भने पूर्वपर्यटनमन्त्री सुदन किराँतीका स्वकीय सचिव हेमन्त राईलाई अध्यक्षका उम्मेदवार बनाएका छन् ।

(क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन अन्तर्गत भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुँदैछ ।

नयाँ नेतृत्वमा अध्यक्षकै लागि पाँचजनाले दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुँदैछ ।

अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन हुनेछन् ।

नयाँ नेतृत्व चयनका लागि देशभरबाट साढे २४ सय प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १२ : ०५ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार